Logo

Sep 09 2026 | २०८३, भदौ २४गते

images

प्रधानमन्त्री राहत कोषमा १० करोड सहयोग गर्ने आईएमई ग्रुपको घोषणा

प्रधानमन्त्री राहत कोषमा १० करोड सहयोग गर्ने आईएमई ग्रुपको घोषणा

अर्थ प्लस
प्रधानमन्त्री राहत कोषमा १० करोड सहयोग गर्ने आईएमई ग्रुपको घोषणा

काठमाडौं। आईएमई ग्रुपले भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित नागरिकको खोज, उद्धार, राहत तथा पुनर्स्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० करोड रुपैयाँ सहयोग गर्ने घोषणा गरेको छ। ग्रुप तथा यसले प्रवर्द्धन गरेका विभिन्न कम्पनी र साझेदार संस्थामार्फत उक्त रकम उपलब्ध गराइने जनाइएको छ।

सहयोगमा ग्लोबल आईएमई बैंक, आईएमई लिमिटेड, आईएमई लाइफ इन्स्योरेन्स, आईजीआई प्रुडेन्सियल इन्स्योरेन्स, चन्द्रागिरि हिल्स, डिसहोम, आईएमई मोटर्स, अशोक लेल्यान्ड, आईएमई खल्ती, स्विफ्ट टेक्नोलोजी, मिदास हेल्थ, माइमार्ट, लुम्बिनी केबलकार र आईएमई फाउन्डेसनलगायत कम्पनी सहभागी हुनेछन्।

ग्रुपअन्तर्गतका कम्पनीमा कार्यरत कर्मचारीले पनि एक दिनको तलब बराबरको रकम सहयोग गर्ने भएका छन्। आईएमईले विश्वभरबाट नेपालमा सहयोग रकम पठाउन निःशुल्क रेमिट्यान्स सेवा उपलब्ध गराएको जनाएको छ।

त्यस्तै, ग्लोबल आईएमई बैंकको ‘ग्लोबल स्मार्ट प्लस’ मोबाइल एप र खल्ती बाई आईएमई मोबाइल वालेटमार्फत प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सिधै निःशुल्क रकम जम्मा गर्न सकिने व्यवस्था गरिएको छ। आईएमई फाउन्डेसनको समन्वयमा थप राहत तथा जिन्सी सहयोग पनि उपलब्ध गराउने प्रतिबद्धता ग्रुपले जनाएको छ।

ग्रुपले बेपत्ताको खोजी, घाइतेको उपचार, प्रभावितका लागि खाद्यान्न व्यवस्था र क्षतिग्रस्त संरचनाको पुनर्निर्माणमा सहयोग पुर्‍याउने उद्देश्यले उक्त रकम उपलब्ध गराउन लागेको जनाएको छ। आईएमई ग्रुपले यसअघि पनि देशका विभिन्न क्षेत्रमा बाढी, पहिरो, डुबान, भूकम्प र महामारीका बेला आर्थिक, भौतिक तथा मानवीय सहायता उपलब्ध गराउँदै आएको जनाएको छ।

सम्बन्धित समाचार