काठमाडौँ / हिमालयन क्यापिटल लिमिटेडद्वारा व्यवस्थापन गरिएको ‘हिमालयन ८०-२०’ योजनाले आर्थिक वर्ष २०८२/०८३ को मुनाफाबाट १५ प्रतिशत नगद लाभांश वितरण गर्ने भएको छ।
हिमालयन बैंक लिमिटेड कोष प्रवर्द्धक तथा हिमालयन क्यापिटल लिमिटेड योजना व्यवस्थापक रहेको हिमालयन म्युचुअल फण्डअन्तर्गतको बन्दमुखी सामूहिक लगानी कोष योजना ‘हिमालयन ८०–२०’ ले आफ्ना इकाइधनीलाई करसहित १५ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो।
हिमालयन क्यापिटल लिमिटेडको २०८३ साल भदौ १७ गते साँझ ४ बजे बसेको ८१औँ सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०८२/०८३ को मुनाफाबाट योजनाका इकाइधनीलाई करसहित १५ प्रतिशतका दरले हुने १५ करोड रुपैयाँ प्रतिफलका रूपमा वितरण गर्ने निर्णय गरेको हो।
हिमालयन क्यापिटल लिमिटेडले निकट भविष्यमा खुलामुखी योजना सञ्चालनमा ल्याउने तयारीसमेत गरिरहेको जनाएको छ।
कम्पनीको व्यवस्थापनमा रहेको हिमालयन ८०–२० योजनाले लगानीकर्तामाझ लगानीको उत्कृष्ट अवसरका रूपमा आफ्नो छाप छोड्न सफल भएको कम्पनीको भनाइ छ।
