Logo

Sep 09 2026 | २०८३, भदौ २४गते

images

बेनी हाइड्रोपावरको आइपिओ सर्वसाधारणका लागि खुला, कति कित्तासम्म दिन सकिन्छ आवेदन ?

बेनी हाइड्रोपावरको आइपिओ सर्वसाधारणका लागि खुला, कति कित्तासम्म दिन सकिन्छ आवेदन ?

अर्थ प्लस
बेनी हाइड्रोपावरको आइपिओ सर्वसाधारणका लागि खुला, कति कित्तासम्म दिन सकिन्छ आवेदन ?

काठमाडौँ / बेनी हाइड्रोपावर प्रोजेक्ट लिमिटेडले आजदेखि सर्वसाधारणका लागि प्रारम्भिक सार्वजनिक निष्कासन (आइपिओ) बिक्री खुला गरेको छ। कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ८ लाख ६३ हजार २०० कित्ता सेयर सर्वसाधारणका लागि निष्कासन गरेको हो ।

कम्पनीले आयोजना प्रभावित स्थानीयका लागि छुट्याएको १० लाख ४० हजार कित्तामध्ये बिक्री हुन बाँकी शेयर तथा वैदेशिक रोजगारीमा रहेका नेपाली, कर्मचारी र सामूहिक लगानी कोषका लागि छुट्याइएको शेयर निष्कासनपछि बाँकी रहेको शेयर सर्वसाधारणका लागि ल्याएको हो।

आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्तासम्म आवेदन दिन सकिनेछ । निष्कासन छिटोमा भदौ २५ गतेसम्म खुला रहनेछ । सो अवधिमा मागअनुसार आवेदन नपरेमा ढिलोमा असोज ५ गतेसम्म आवेदन दिन सकिने कम्पनीले जनाएको छ ।

आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल लिमिटेड रहेको छ । लगानीकर्ताले आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र मेरो शेयरमार्फत आवेदन दिन सक्नेछन् ।

सोलुखुम्बुमा १९ दशमलव ८ मेगावाट क्षमताको माथिल्लो सोलुखोला जलविद्युत् आयोजना सञ्चालन गरिरहेको कम्पनीले आईपीओबाट प्राप्त रकम बैंक ऋण भुक्तानीमा प्रयोग गर्ने जनाएको छ । आईपीओ निष्कासनका लागि इक्रा नेपालले कम्पनीलाई ‘इक्राएनपी इस्यूअर डबल बी प्लस’ रेटिङ प्रदान गरेको छ ।

कम्पनीको पुस मसान्तसम्मको अपरिष्कृत वित्तीय विवरणअनुसार सञ्चित नाफा १० करोड ३४ लाख रुपैयाँभन्दा बढी पुगेको छ । सो अवधिमा कम्पनीको प्रतिशेयर नेटवर्थ ९१ रुपैयाँ २७ पैसा रहेको छ । नेप्सेमा शेयर सूचीकृत भएपछि पहिलो कारोबारका लागि कम्पनीको शेयर मूल्य ९१ रुपैयाँ २७ पैसादेखि २७३ रुपैयाँ ८१ पैसासम्मको रेञ्जमा तोकिनेछ ।

सम्बन्धित समाचार