Logo

Oct 27 2026 | २०८३, कात्तिक ११गते

images

भदौमा वीरगन्ज भन्सारबाट २३ अर्ब ४६ करोड राजस्व सङ्कलन

भदौमा वीरगन्ज भन्सारबाट २३ अर्ब ४६ करोड राजस्व सङ्कलन

अर्थ प्लस
भदौमा वीरगन्ज भन्सारबाट २३ अर्ब ४६ करोड राजस्व सङ्कलन

वीरगन्ज भन्सार कार्यालयले पछिल्लो एक महिनामा रु २३ अर्ब ४६ करोड राजस्व सङ्कलन गरेको छ । वीरगन्ज भन्सार कार्यालयका अनुसार चालु आव २०८३/ ८४ को भदौमा रु २३ अर्ब ४६ करोड १५ लाख राजस्व सङ्कलन भएको हो । यो कार्यालयलाई दिइएको मासिक लक्ष्यको ९९.७५ प्रतिशत हो । 

भदौ मसान्तसम्मको सङ्कलनसँगै चालु आर्थिक वर्षको वार्षिक राजस्व लक्ष्यको १४.५२ प्रतिशत पूरा भएको भन्सार कार्यालयका प्रमुख भन्सार कार्यालयका प्रवक्ता पूर्णप्रसाद लम्सालले जानकारी दिए ।

मूल्य तथा राजस्व योगदानका आधारमा बिस्कुट, दलहन, कपडा तथा लत्ताकपडा, औद्योगिक कच्चा पदार्थ र खाद्यान्न प्रमुख आयातित वस्तु रहेको भन्सार कार्यालयले जनाएको छ।

सम्बन्धित समाचार