Logo

Oct 27 2026 | २०८३, कात्तिक ११गते

images

बाढीका कारण क्षतिग्रस्त धादिङको गल्छीदेखि स्याफ्रुबेँसी सडकखण्ड असोजभित्र सञ्चालनमा आउने

बाढीका कारण क्षतिग्रस्त धादिङको गल्छीदेखि स्याफ्रुबेँसी सडकखण्ड असोजभित्र सञ्चालनमा आउने

अर्थ प्लस
बाढीका कारण क्षतिग्रस्त धादिङको गल्छीदेखि स्याफ्रुबेँसी सडकखण्ड असोजभित्र सञ्चालनमा आउने

काठमाडौं । बाढीका कारण क्षतिग्रस्त धादिङको गल्छीदेखि रसुवाको स्याफ्रुबेँसी सडकखण्डमा यही असोजभित्र यातायात सञ्चालनमा आउने भएको छ । असोजभित्र सञ्चालनमा ल्याउने गरि मर्मतलाई तीव्रता दिएको सरकारले जनाएको छ ।

गल्छीदेखि नुवाकोटको विदुरसम्मको सडकखण्डको मर्मत गरिसकिएको छ भने त्यो बीच (देवीघाट)मा एक्रो ब्रिज समेत जडान गरिसकिएको प्रधानमन्त्री कार्यालयले जानकारी दिएको छ । सोही सडकखण्डको विदुरमा क्षतिग्रस्त बनेको सडकखण्डमा नेपाली सेनाले ब्लास्टिङ गरी ट्रयाक खोल्ने काम सुरु गरिसकेको छ ।

अर्कोतर्फ रसुवाको बेत्रावतीमा आवश्यक बेलीब्रिज जडान गर्न ’फाउण्डेशन’ निर्माण सुरु भएको जनाएको छ । बेत्रावती–धुन्चे हुँदै स्याफ्रुबेँसीसम्म सडकखण्डमा समस्या नभएको जनाइएको छ । स्याफ्रुबेँसीमा एउटा बेलीब्रिज जडान गर्नुपर्ने देखिएको छ। त्यसका लागि तयारी भइरहेको सरकारले जनाएको छ । साथै यस क्षेत्रमा स्थायी सडक समेत निर्माण गर्ने सरकारको तयारी छ ।

सम्बन्धित समाचार