Logo

Sep 10 2026 | २०८३, भदौ २५गते

images

साताको अन्तिम कारोबारमा नेरुडे मिर्मिरे लघुवित्त र पोखरा फाइनान्सको सर्वाधिक कारोबार

साताको अन्तिम कारोबारमा नेरुडे मिर्मिरे लघुवित्त र पोखरा फाइनान्सको सर्वाधिक कारोबार

अर्थ प्लस
साताको अन्तिम कारोबारमा नेरुडे मिर्मिरे लघुवित्त र पोखरा फाइनान्सको सर्वाधिक कारोबार

काठमाडौँ, जेठ  ९ । साता कारोबारको चौथौं दिन अर्थात बुधबार शेयर बजार दोहोरो अंकले बढेको छ । बुधबार शेयर बजार १५ दशमलव ५४ अंकले बढेर २१३१ दशमलव ४९ को विन्दुमा कायम भएको छ ।

बुधबार नेप्सेमा ३१८ कम्पनीहरुको एक करोड ४४ लाख १९ हजार कित्ता शेयर खरिद–बिक्री हुदाँ पाँच अर्ब ६८ करोड ७६ लाख ८० हजार रुपैयाँको शेयर कारोबार भएको छ ।

शेयर बजार बढेसँगै मंगलबारको तुलनामा कारोबार रकम पनि वृद्धि भएको छ । आज नेरुडे मिर्मिरे लघुवित्तको सर्वाधिक कारोबार भएको छ । बुधबार कम्पनीको ७९० रुपैयाँका २४ करोड ४२ लाख रुपैयाँको कारोबार भएको छ ।

त्यस्तै, आज पोखरा फाइनान्सको २१ करोड १२ लाख रुपैयाँ, सीईडीबी हाइड्रोपावरको १७ करोड ५३ लाख रुपैयाँ, फस्र्ट माइक्रोफाइनान्स लघुवित्तको १७ कराड ५३ लाख र नबिल बैंकको १५ करोड ५० लाख रुपैयाँको कारोबार भएको छ ।

सम्बन्धित समाचार