Logo

Sep 10 2026 | २०८३, भदौ २५गते

images

एकै दिन खर्बपति व्यापारी गौतम अदानीले कमाए २६ खर्ब ४० अर्ब भारु

एकै दिन खर्बपति व्यापारी गौतम अदानीले कमाए २६ खर्ब ४० अर्ब भारु

अर्थ प्लस
एकै दिन खर्बपति व्यापारी गौतम अदानीले कमाए २६ खर्ब ४० अर्ब भारु

काठमाडौँ, जेठ  ९ । भारतीय खर्बपति व्यापारी गौतम अदानीको एकै दिनमा २६ खर्ब ४० अर्ब भारु आम्दानी भएको छ ।

मंगलबार भारतीय शेयर बजारमा कमी देखिएको भए पनि अदानीको व्यापारिक समूह अदानी ग्रूपका कम्पनीको शेयर मूल्यमा भने तीव्र वृद्धि देखिएको थियो । शेयरमा देखिएको व्यापक वृद्धिसँगै अदानीले एकै दिनमा ३ अर्ब १७ करोड डलर अर्थात् २६ खर्ब ४० लाख भारु कमाएका छन् ।

योसँगै मंगलबारको कारोबारमा विश्वका सबैभन्दा धनी १५ व्यापारीहरूमाझ अमेरिकी विद्युतीय सवारी निर्माता कम्पनी टेस्लाका सीईओ एलन मस्क पछि अदानी सबैभन्दा धेरै कमाउने व्यवसायी थिए । २४ घण्टामा एलन मस्कको सम्पत्ति ८ अर्ब ३३ करोड डलर अर्थात् ६९ खर्ब ३० अर्ब भारुले बढेको थियो । योसँगै मस्कको नेटवर्थ बढेर १ खर्ब ९६ अर्ब डलरमाथि पुगेको छ ।

अमेरिकी आर्थिक पत्रिका ब्लुम्बर्गका अनुसार अहिले उनी अर्बपतिको ‘रियलटाइम’ सूचिमा १४ औं स्थानमा छन् ।विभिन्न कम्पनीहरुको शेयरमूल्यमा  वृद्धि भएपछि भने उनको नेटवर्थ १ खर्ब ४ अर्ब डलर पुगेको छ । मंगलबार शेयर बजारमा सूचीकृत अदानी ग्रूपका १९ मध्ये नौ वटा कम्पनीको शेयरमा उच्च वृद्धि देखिएको थियो । 

अदानी ग्रूप भारतमा सबैभन्दा ठूला कम्पनीहरू मध्ये एक हो। यसले वस्तु व्यापार, विमानस्थल, नवीकरणीय ऊर्जा लगायत व्यापक क्षेत्रमा लगानी गरेको छ।अमेरिकी शर्ट सेलर कम्पनी हिडनबर्गले गएको वर्ष अदानी समूहभित्र चलखेल, धोकाधडीबारे एउटा सयौं पृष्ठ लामो प्रतिवेदन सार्वजनिक गरेपछि अदानी समूहको शेयरमा व्यापक कमी आएको थियो ।

समूहले ३ खर्ब ५२ अर्ब भारु बराबरको बजार पूँजीकरण गुमाएको थियो ।  यो विषयमा अदानी समूहले हिन्डेनबर्गमाथि मुद्दानै हालेको थियो ।पछिल्ला महिनाहरुमा उक्त प्रतिवेदनको प्रभावबाट केही कमी आएको छ।यसपछि कम्पनीको बजार पूँजीकरणसँगै उनको सम्पत्ति पनि बढिरहेको छ ।

 

सम्बन्धित समाचार