Logo

Oct 27 2026 | २०८३, कात्तिक ११गते

images

नेपाल बैंकका पूर्वअध्यक्षले घुस लिएको ठहर

नेपाल बैंकका पूर्वअध्यक्षले घुस लिएको ठहर

अर्थ प्लस
नेपाल बैंकका पूर्वअध्यक्षले घुस लिएको ठहर

काठमाडौं– कर्जा प्रवाहका क्रममा व्यवसायीहरूसँग ७४ लाख रुपैयाँ घुस लिएको अभियोग लागेका नेपाल बैंक लिमिटेड सञ्चालक समितिका तत्कालीन अध्यक्ष डा. चन्द्रबहादुर अधिकारीलाई विशेष अदालतले दोषी ठहर गरेको छ ।

विशेष अदालतका न्यायाधीशहरू नारायणप्रसाद पौडेल, डिल्लीरत्न श्रेष्ठ र विदुर कोइरालाको इजलासले सोमबार फैसला सुनाउँदै उनलाई दोषी ठहर गरेको हो ।

तीन व्यवसायीसँग घुस लिएको दाबीसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०८२ को जेठमा अधिकारीलगायतविरुद्ध ६ वटा छुट्टाछुट्टै मुद्दा दायर गरेको थियो । तीमध्ये अदालतले दुईवटामा पूर्ण ठहर, दुईवटामा आंशिक ठहर र दुईवटामा सफाइको फैसला गरेको छ । यस मुद्दाका प्रतिवादीहरू सुमित्राकुमारी घिमिरे र ईश्वरीप्रसाद गौतमले भने सफाइ पाएका छन् ।

सम्बन्धित समाचार