Logo

Oct 27 2026 | २०८३, कात्तिक ११गते

images

पूर्वाञ्चल ल्युब आयलको साधारणसभा : आइपिओ निष्कासनको तयारी

पूर्वाञ्चल ल्युब आयलको साधारणसभा : आइपिओ निष्कासनको तयारी

अर्थ प्लस
पूर्वाञ्चल ल्युब आयलको साधारणसभा : आइपिओ निष्कासनको तयारी

विराटचोक / पी.एल.ओ. ब्रान्डको उत्पादक पूर्वाञ्चल ल्युब आयल लिमिटेडको २७औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ। सभाले सञ्चालक समितिबाट प्रस्तुत आर्थिक वर्ष २०८२/०८३ को वार्षिक तथा वित्तीय प्रतिवेदनसहित सबै प्रस्ताव पारित गरेको छ।

सभाले चुक्ता पुँजीमा करसहित ८.४२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्तावसमेत अनुमोदन गरेको छ। त्यस्तै, आगामी आर्थिक वर्षका लागि लेखापरीक्षक नियुक्ति, बजेट, सञ्चालकहरूको पारिश्रमिक तथा नयाँ सञ्चालक समिति चयनसम्बन्धी प्रस्ताव पनि पारित भएका छन्।

यसैबीच, पूर्वाञ्चल ल्युब आयलले बुक बिल्डिङ विधिमार्फत आईपीओ निष्कासनको तयारी अघि बढाएको छ। नेपाल स्टक एक्सचेञ्जका अनुसार योग्य संस्थागत लगानीकर्ताका लागि ६ लाख कित्ता शेयर छुट्याइएको छ।

कम्पनीले आईपीओ निष्कासनमार्फत पुँजी विस्तार गर्दै व्यवसायलाई थप विस्तार गर्ने योजना बनाएको छ।

सम्बन्धित समाचार