Logo

Oct 27 2026 | २०८३, कात्तिक ११गते

images

अमूदी फुड्सले १० करोड बराबरकाे आइपिओ निष्कासन गर्ने, अघि बढ्याे प्रक्रिया

अमूदी फुड्सले १० करोड बराबरकाे आइपिओ निष्कासन गर्ने, अघि बढ्याे प्रक्रिया

अर्थ प्लस
अमूदी फुड्सले १० करोड बराबरकाे आइपिओ निष्कासन गर्ने, अघि बढ्याे प्रक्रिया

काठमाडौँ / खाद्य उत्पादन क्षेत्रमा सक्रिय अमूदी फुड्स लिमिटेडले सर्वसाधारणका लागि १० करोड रुपैयाँ बराबरको आइपिओ निष्कासन गर्ने तयारी गरेको छ । कम्पनीले आइपिओ निष्कासनका लागि आवश्यक प्रक्रिया अघि बढाएकाे जानकारी दिएकाे हाे । 

कम्पनीको प्रस्तावित पुँजी संरचनाअनुसार कुल जारी पुँजी ४२ करोड रुपैयाँ रहेको छ । त्यसमध्ये ३२ करोड रुपैयाँ संस्थापक समूह र १० करोड रुपैयाँ सर्वसाधारणका लागि छुट्याइएको छ ।

आइपिओ निष्कासन तथा बिक्री प्रबन्धकका रूपमा ग्लोबल आइएमई क्यापिटल नियुक्त भइसकेको छ । कम्पनीले इन्फोमेरिक्स नेपालबाट ‘बी प्लस’ इसुअर रेटिङ प्राप्त गरेको छ भने हाल अन्डरराइटरसँग सम्झौता, विवरणपत्र तयारी तथा कम्पनी रजिस्ट्रारको कार्यालयसँग सम्बन्धित काम अघि बढिरहेको बताइएकाे छ ।

त्यस्तै, कम्पनीले  आगामी मंसिरभित्र नेपाल धितोपत्र बोर्डमा आइपिओ निष्कासनका लागि आवेदन दिने र २०८४ जेठसम्म स्वीकृति प्राप्त गर्ने लक्ष्य राखेको छ । यद्यपि, वास्तविक समय नियामकीय प्रक्रिया र स्वीकृतिमा निर्भर हुने कम्पनीले जनाएको छ ।

व्यवसाय विस्तार तथा कार्यसञ्चालनका लागि कम्पनीले विभिन्न स्रोतबाट कुल ५० करोड रुपैयाँ जुटाउने योजना बनाएको छ । जसमा १९ करोड रुपैयाँ ऋण, १४ करोड रुपैयाँ जग्गा बिक्री, १० करोड रुपैयाँ आइपिओ र ७ करोड रुपैयाँ निजी प्लेसमेन्टबाट जुटाउने योजना कम्पनीकाे याेजना छ ।

अमूदी फुड्सकाे स्थापना वि.सं. २०६९ मा भएको हाे । कर्पाेरेट कार्यालय काठमाडौँको कोटेश्वरमा रहेकाे कम्पनीकाे उत्पादन कारखाना भने चितवनको भरतपुरमा रहेको छ ।

सम्बन्धित समाचार