Logo

Oct 27 2026 | २०८३, कात्तिक ११गते

images

असोज २३ गतेदेखि दशैँलक्षित बसको अग्रिम टिकट बुकिङ खुला हुने

असोज २३ गतेदेखि दशैँलक्षित बसको अग्रिम टिकट बुकिङ खुला हुने

अर्थ प्लस
असोज २३ गतेदेखि दशैँलक्षित बसको अग्रिम टिकट बुकिङ खुला हुने

काठमाडौँ । दशैँलाई लक्षित गरी असोज २३ गतेदेखि बसको अग्रिम टिकट बुकिङ खुला हुने भएको छ । यातायात व्यवस्था विभागमा भएको यातायात व्यवसायीसहितको बैठकले असोज २३ गतेदेखि टिकट अग्रिम बुकिङ खोल्ने निर्णय गरेको हो ।

त्यसैगरी लामो तथा मध्यम दूरीका बसमा रिजर्भमा जाने बसका लागि फूलपाती देखि पुर्णिमासम्मका लागि रुट परमिट खुला गरिएको छ ।

त्यसैगरी यस अवधिमा ढुवानीका सवारी साधनमा फलफुल, औषधि खाद्यान्न, खसी बोकासहित आपतकालीन बाहेक अन्य ढुवानीका यातायात संचालन नगर्ने निर्णय गरिएको छ ।

यातयात व्यवस्था विभागमा टिकटमा कालोबजारी रोक्न अनुगमन गरिने र कारवाही गरिने समेत विभागले जनाएको छ । 

सम्बन्धित समाचार