Logo

Oct 27 2026 | २०८३, कात्तिक ११गते

images

बुढीगण्डकीमा आएको बाढीले ३४१ मेगावाटको बुढीगण्डकी जलविद्युत् आयोजनाको क्याम्प बगायो

बुढीगण्डकीमा आएको बाढीले ३४१ मेगावाटको बुढीगण्डकी जलविद्युत् आयोजनाको क्याम्प बगायो

अर्थ प्लस
बुढीगण्डकीमा आएको बाढीले ३४१ मेगावाटको बुढीगण्डकी जलविद्युत् आयोजनाको क्याम्प बगायो

गोरखामा बुढीगण्डकी नदीमा आएको आकस्मिक बाढीले ३४१ मेगावाट क्षमताको निर्माणाधीन बुढीगण्डकी जलविद्युत् आयोजनाको क्याम्प बगाएको छ।

आज बिहान आएको बाढीले दोभानखोला जलविद्युत् आयोजनाको बेलिब्रिज र घरहरूमा समेत क्षति पुर्‍याएको छ। यस्तै, यारुखोलाको बेलिब्रिज र भवन पनि बाढीले बगाएको छ।

बुढीगण्डकी नदीमा आएको बाढीले विभिन्न संरचनामा क्षति पुर्‍याएपछि तटीय क्षेत्रमा जोखिम बढेको छ। बाढीको प्रभाव मुग्लिङसम्म पर्न सक्ने भन्दै नदी आसपासका बासिन्दालाई सतर्कता अपनाउन आग्रह गरिएको छ।

बाढीबाट भएको क्षतिको थप विवरण आउन बाँकी छ।

सम्बन्धित समाचार