Logo

Oct 27 2026 | २०८३, कात्तिक ११गते

images

हनुमानढोकास्थित दशैं घरमा घटस्थापनाका अवसरमा जमरा राखियो

हनुमानढोकास्थित दशैं घरमा घटस्थापनाका अवसरमा जमरा राखियो

अर्थ प्लस
हनुमानढोकास्थित दशैं घरमा घटस्थापनाका अवसरमा जमरा राखियो

काठमाडौं । बडादशैंको पहिलो दिन घटस्थापनाका अवसरमा आइतबार काठमाडौंको ऐतिहासिक हनुमानढोकास्थित दशैं घरमा विधिपूर्वक जमरा राखिएको छ। नवरात्रको शुभारम्भ भएसँगै वैदिक विधिअनुसार घटस्थापना गरी दशैं घरमा जमरा छर्ने कार्य सम्पन्न भएको हो।

नेपालीहरूको महान् पर्व दशैंको पहिलो दिन घरघरमा तथा विभिन्न शक्तिपीठहरूमा घटस्थापना गरी जमरा राख्ने परम्परा रहँदै आएको छ। यस दिन बिहानै नित्यकर्म समाप्त गरी चोखो माटो वा बालुवा ल्याएर गाईको गोबरले लिपपोत गरिएको पूजाकोठा तथा दशैं घरमा जौ, गहुँ र मकै छरेर जमरा राख्ने गरिन्छ। वैदिक मन्त्रोच्चारणका साथ स्थापना गरिएको घट र छरिएको जमरालाई विजयादशमीका दिन मान्यजनको हातबाट टीका र प्रसादका रूपमा ग्रहण गर्ने प्रचलन छ।

सम्बन्धित समाचार