Logo

Oct 27 2026 | २०८३, कात्तिक ११गते

images

प्रधानमन्त्री राहत कोषमा मौज्दात १७ अर्ब ५४ करोड नाघ्यो

प्रधानमन्त्री राहत कोषमा मौज्दात १७ अर्ब ५४ करोड नाघ्यो

अर्थ प्लस
प्रधानमन्त्री राहत कोषमा मौज्दात १७ अर्ब ५४ करोड नाघ्यो

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा आर्थिक सहयोग आउने क्रम अझै जारी रहेको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार आइतबारसम्म दुवै कोषका विभिन्न खातामा जम्मा भएको मौज्दात रकम १७ अर्ब ५४ करोड ४२ लाख ८९ हजार ६७८ रुपैयाँ पुगेको छ ।

कार्यालयका अनुसार प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषका विभिन्न नौ वटा वाणिज्य बैंकमा १२ अर्ब ९५ करोड १६ लाख ३१ हजार २०१ रुपैयाँ मौज्दात रहेको छ । त्यस्तै, हिमालयन बैंक र लक्ष्मी सनराइज बैंकमा सञ्चालन गरिएका अमेरिकी डलर खातामा २ करोड ९७ लाख २९ हजार ९७२ अमेरिकी डलर जम्मा भएको छ ।

सरकारले यसअघि उक्त कोषबाट बाढी प्रभावित क्षेत्रको राहत, उद्धार तथा पुनःस्थापनाका लागि एक अर्ब रुपैयाँ निकासा गरिसकेको छ । त्यसपछि पनि सरकारी निकाय, निजी क्षेत्र, संघसंस्था तथा सर्वसाधारणबाट सहयोग जुट्ने क्रम निरन्तर जारी रहेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ ।

सम्बन्धित समाचार