काठमाडौं । साताको दोस्रो कारोबार दिन ‘मंगलबार’ नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचक सामान्य अंकले बढेर बन्द भएको छ । कारोबार समयको सुरुवातदेखि उत्तारचढाव भईरहेको नेप्से अन्तिम समयमा ६ दशमलव ६२ अंकले बढ्दै २६ सय ६४ को विन्दुमा पुगेर बन्द भएको हो ।
आज कुल ३ सय ४९ कम्पनीका १ करोड ५४ लाख २० हजार बढी कित्ता सेयर किनबेच हुँदा कारोबार रकम ५ अर्ब ६५ करोड ११ लाख रुपैयाँ नाघेको छ । आज कारोबारमा आएकामध्ये १ सय ४३ कम्पनीको सेयरमुल्य उकालो लाग्दा १ सय २२ कम्पनीको सेयरमूल्यमा गिरावट आएको छ ।
यस्तै आज कारोबारमा आएकामध्ये ४ समुहको परिसुचक ओरालो लाग्दा बाँकी ९ समुहको परिसुचकमा वृद्धि देखिन्छ ।
