Logo

Nov 03 2026 | २०८३, कात्तिक १८गते

images

नेपालमा लिपमोटर B03X को डेलिभरी सुरु, बाँकीलाई छिटो र सहजै उपलब्ध गराउने तयारी

नेपालमा लिपमोटर B03X को डेलिभरी सुरु, बाँकीलाई छिटो र सहजै उपलब्ध गराउने तयारी

अर्थ प्लस
नेपालमा लिपमोटर B03X को डेलिभरी सुरु, बाँकीलाई छिटो र सहजै उपलब्ध गराउने तयारी

काठमाडौँ / नेपालका लागि लिपमोटरको आधिकारिक वितरक सांग्रिला मोटर्स प्रालिले विद्युतीय गाडी लिपमोटर B03X को डेलिभरी सुरु गरेको छ। प्रारम्भिक बुकिङपछि कम्पनीले पहिलो समूहका ग्राहकलाई गाडी हस्तान्तरण गरेको हो।

काठमाडौँमा सडक परीक्षण र औपचारिक लन्च सम्पन्न भएसँगै कम्पनीले गाडीको डेलिभरी प्रक्रिया अघि बढाएको हो। पहिलो चरणमा गाडी प्राप्त गरेका ग्राहकसँगै लिपमोटर B03X नेपाली सडकमा देखिन थालेको छ।

सांग्रिला मोटर्सका निर्देशक हेमन्त गोल्छाले सुरुवातदेखि नै B03X प्रति ग्राहकको आकर्षण उत्साहजनक रहेको बताए।

 बुकिङ गरेका ग्राहकलाई गाडी हस्तान्तरण गर्न पाउँदा खुसी लागेको उल्लेख गर्दै उनले प्रतीक्षामा रहेका अन्य ग्राहकलाई पनि छिटो र सहज रूपमा गाडी उपलब्ध गराउने कम्पनीको तयारी रहेको बताए।

लिपमोटर B03X मा १४५ किलोवाट क्षमताको मोटर र ५३ किलोवाट आवरको ब्याट्री जडान गरिएको छ। कम्पनीका अनुसार गाडीले एकपटकको फुल चार्जमा CLTC मापदण्डअनुसार ५०५ किलोमिटरसम्म रेन्ज दिन्छ। यसमा १९० मिलिमिटर ग्राउन्ड क्लियरेन्स रहेको छ भने ३० देखि ८० प्रतिशतसम्म ब्याट्री चार्ज गर्न १६ मिनेट मात्रै लाग्ने दाबी गरिएको छ।

गाडीमा १४.६ इन्चको टचस्क्रिन, १२ वटा स्पिकरसहितको साउन्ड सिस्टम र लेभल २ ADAS सुरक्षा प्रविधि उपलब्ध छन्। त्यस्तै, ५१० लिटर क्षमताको बुट स्पेस रहेको यस गाडीमा पछाडिका सिट फोल्ड गर्दा सामान राख्ने ठाउँ १ हजार ६०५ लिटरसम्म विस्तार गर्न सकिन्छ।

लिपमोटर चीनको न्यू इनर्जी भेहिकल (NEV) क्षेत्रमा स्थापित कम्पनीमध्ये एक हो। मासेराती, अल्फा रोमियो र प्युजोसहित १४ वटा अटोमोबाइल ब्रान्डको स्वामित्व रहेको स्टेलान्टिस समूहको विश्वव्यापी समर्थन यस कम्पनीलाई प्राप्त छ।

कम्पनीले हालसम्म विश्वभर १९ लाखभन्दा बढी विद्युतीय सवारी बिक्री गरिसकेको जनाएको छ। सन् २०२५ को जुलाईदेखि अक्टोबरसम्म लगातार चार महिना मासिक एक लाखभन्दा बढी सवारी बिक्री गरेको कम्पनीको भनाइ छ। लिपमोटरका सवारी बिक्री तथा सेवाका लागि विश्वका ४५ भन्दा बढी देशमा दुई हजारभन्दा बढी केन्द्र सञ्चालनमा छन्।

सम्बन्धित समाचार