Logo

Nov 04 2026 | २०८३, कात्तिक १९गते

images

गरिमा विकास बैंकको १२७औँ शाखा कार्यालय बालुवाटारमा सञ्चालन

गरिमा विकास बैंकको १२७औँ शाखा कार्यालय बालुवाटारमा सञ्चालन

अर्थ प्लस
गरिमा विकास बैंकको १२७औँ शाखा कार्यालय बालुवाटारमा सञ्चालन

गरिमा विकास बैंक लिमिटेडले काठमाडौं महानगरपालिका–३, बालुवाटारमा आफ्नो १२७औँ शाखा कार्यालय सञ्चालनमा ल्याएको छ ।

बैंकले कारोबार सञ्चालन गरेको १९औँ वर्षको विशेष अवसर पारेर २०८३ कात्तिक १८ गते बुधबारदेखि बालुवाटारस्थित आफ्नै केन्द्रीय कार्यालय रहेको भवनमा नयाँ शाखा सञ्चालनमा ल्याएको हो ।

बैंकका अध्यक्ष दिलीप प्रताप खाँणको अध्यक्षतामा सम्पन्न उद्घाटन कार्यक्रममा प्रमुख अतिथि नेपाल राष्ट्र बैंक, वित्तीय संस्था सुपरिवेक्षण विभागका कार्यकारी निर्देशक श्री विश्रुत थापाले बालुवाटार शाखाको उद्घाटन गरेका हुन् ।

नयाँ शाखामार्फत ग्राहकहरूले नियमित बैंकिङ सेवाका अतिरिक्त एटीएम, लकर, विदेशी मुद्रा सटहीलगायतका सेवा प्राप्त गर्न सक्नेछन् ।

आम नागरिकको बैंकिङ सेवामा पहुँच अभिवृद्धि गर्ने, वित्तीय समावेशीकरणलाई थप सुदृढ बनाउने तथा ग्राहकहरूलाई सहज र विश्वसनीय बैंकिङ सेवा उपलब्ध गराउने उद्देश्यसहित गरिमा विकास बैंकले आफ्नो शाखा सञ्जाल विस्तारलाई निरन्तरता दिँदै आएको छ ।

बैंकले शाखा विस्तारलाई केवल भौगोलिक उपस्थितिको वृद्धि मात्र नभई स्थानीय आर्थिक गतिविधिको प्रवर्द्धन, उद्यमशीलताको विकास, बचत परिचालन तथा उत्पादनशील क्षेत्रमा वित्तीय पहुँच विस्तार गर्ने महत्त्वपूर्ण माध्यमका रूपमा लिएको छ ।

बालुवाटार क्षेत्रमा नयाँ शाखा सञ्चालनमा आएसँगै व्यक्तिगत तथा संस्थागत ग्राहकहरूको आवश्यकताअनुरूप वित्तीय सेवा उपलब्ध गराउन र स्थानीय आर्थिक गतिविधिलाई थप चलायमान बनाउन सहयोग पुग्ने विश्वास बैंकले लिएको छ ।

ISO 9001:2015 तथा ISO 27001:2022 मान्यता प्राप्त गरिमा विकास बैंकले देशका सातै प्रदेशमा फैलिएको शाखा सञ्जालमार्फत करिब १० लाख ग्राहकलाई सेवा प्रदान गर्दै आएको छ ।

सम्बन्धित समाचार