काठमाडौं । साताको तेस्रो कारोबार दिन ‘बुधबार’ नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचक सामान्य अंकले बढ्दै बन्द भएको छ । कारोबार समयको सुरुवातदेखि उत्तारचढाव हुँदै अन्तिम समयमा १.४० अंकले बढेर बन्द भएको हो ।
आज कुल ३ सय ५८ कम्पनीका २ करोड १२ लाख २३ हजार ४ सय १४ कित्ता सेयर किनबेच हुँदा कारोबार रकम ७ अर्ब ४३ करोड ९३ लाख ६६ हजार माथि पुगेको छ ।
आज कारोबारमा आएकामध्ये जिवन बीमा, म्युचुअल फण्ड, अतिरिक्त र ट्रेडिङबाहेकका सबै समुहको परिसुचक ओरालो लागेका छन् । आज कारोबारमा आएकामध्ये १ सय ७१ कम्पनीको सेयरमूल्य ओरालो लाग्दा ९८ कम्पनीको सेयरमूल्य भने बढेको छ । आज नेपाल रि र हिमालयन रिइन्सुरेन्स कम्पनीको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ ।
