Logo

Nov 05 2026 | २०८३, कात्तिक २०गते

images

रोयल इन्फिल्डको ‘मिस्टिक मुस्ताङ राइड २’ मा ४० महिला राइडरको सहभागिता

रोयल इन्फिल्डको ‘मिस्टिक मुस्ताङ राइड २’ मा ४० महिला राइडरको सहभागिता

अर्थ प्लस
रोयल इन्फिल्डको ‘मिस्टिक मुस्ताङ राइड २’ मा ४० महिला राइडरको सहभागिता

पोखरा, नेपाल । नेपालका लागि रोयल इन्फिल्डको आधिकारिक वितरक अल्फा अटोमोटिभ प्रा।लि।ले महिला राइडरहरूको सहभागितामा ‘मिस्टिक मस्ट्याङ राइड २’ सम्पन्न गरेको छ। यही कार्तिक १२ देखि १५ गते सम्म चार दिन सञ्चालन भएको उक्त राइडमा ४० महिला राइडर सहभागी भएका थिए।

पोखरास्थित क्लासिक ड्राइभबाट सुरु भएको राइड मुस्ताङसम्म पुगेको थियो। चारदिने यात्रामा सहभागी महिला राइडरहरूले नेपालको हिमाली भूगोल, प्राकृतिक सौन्दर्य र साहसिक मोटरसाइकल यात्राको अनुभव लिएका थिए।

महिला राइडरहरूलाई लामो दूरीको मोटरसाइकल यात्रामा प्रोत्साहन गर्ने, उनीहरूको आत्मविश्वास अभिवृद्धि गर्ने तथा राइडिङ समुदायमा महिलाको सहभागिता थप विस्तार गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो। यसले महिला राइडरहरूबीच आपसी सम्बन्ध, अनुभव आदानप्रदान र सामुदायिक भावनालाई समेत थप बलियो बनाएको छ। 

रोयल इन्फिल्डले आफ्नो ‘‘Pure Motorcycling’ को अवधारणाअनुरूप नेपालमा राइडिङ संस्कृति, समुदाय निर्माण तथा साहसिक यात्रालाई प्रवर्द्धन गर्दै आएको छ। कम्पनीले विभिन्न राइड तथा समुदायकेन्द्रित कार्यक्रममार्फत मोटरसाइकल पारखीहरूलाई जोड्दै आएको छ।

अल्फा अटोमोटिभले नेपालमा महिला राइडरहरूको सहभागिता बढाउने, सुरक्षित र जिम्मेवार राइडिङ संस्कृतिको विकास गर्ने तथा रोयल इन्फिल्ड समुदायलाई थप सशक्त बनाउने यस्ता कार्यक्रमलाई निरन्तरता दिँदै आएको छ।

थप जानकारीका लागि: corpcomm@royalenfield.com

सम्बन्धित समाचार