Logo

Nov 05 2026 | २०८३, कात्तिक २०गते

images

नेप्से परिसूचकमा दोहोरो अंकको गिरावट, कारोबार रकम पनि घट्यो

नेप्से परिसूचकमा दोहोरो अंकको गिरावट, कारोबार रकम पनि घट्यो

अर्थ प्लस
नेप्से परिसूचकमा दोहोरो अंकको गिरावट, कारोबार रकम पनि घट्यो

काठमाडौं । आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक दोहोरो अंकले घटेको छ । यसदिन नेप्से परिसूचक १२.९५ अंकले घटेर २ हजार ६ सय ५२.५८ को बिन्दुमा आएको छ । आज कारोबारमा आएकामध्ये ५६ कम्पनीको सेयर मूल्य बढेको छ भने २ सय ११ कम्पनीको घटेको छ ।

बिहीबार नेप्से परिसूचकसँगै कारोबार रकम पनि घटेको छ । आज ४ अर्ब ७२ करोड २२ लाख ३६ हजार रुपैयाँभन्दा धेरैको सेयर किनबेच भएको छ । बुधबार ७ अर्ब ४३ करोड ९३ लाख ६६ हजार रुपैयाँभन्दा धेरैको सेयर किनबेच भएको थियो ।

आज सबैभन्दा धेरै कमाउनेमा कुमारी सबल योजना रहेको छ । यसको सेयर मूल्य २.९६ प्रतिशतले बढेको छ । यता, सबैभन्दा धेरै गुमाउनेमा १०.२५ प्रतिशत केबिएल डिबेन्चर २०८६ रहेको छ । यसको सेयर मूल्य ५.०९ प्रतिशतले घटेको छ ।

सम्बन्धित समाचार