Logo

Nov 07 2026 | २०८३, कात्तिक २२गते

images

सिटिजन लाइफको खुद नाफा घट्यो, बिमा कोषको आकार ३५ प्रतिशतले बढ्यो

सिटिजन लाइफको खुद नाफा घट्यो, बिमा कोषको आकार ३५ प्रतिशतले बढ्यो

अर्थ प्लस
सिटिजन लाइफको खुद नाफा घट्यो, बिमा कोषको आकार ३५ प्रतिशतले बढ्यो

काठमाडौं। सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष २०८३/८४ को त्रैमासिक अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। वित्तीय विवरणअनुसार चालू आर्थिक वर्षको पहिलो ३ महिनामा कम्पनीले खुद १० करोड ६६ हजार रुपैयाँ कमाएको छ। अघिल्लो आवको असोजसम्म कम्पनीले १३ करोड १४ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो। 

अघिल्लो आर्थिक वर्षको तुलनामा समीक्षा वर्षमा कम्पनीको खुद नाफा २३ दशमलव ९० प्रतिशतले घटेको हो।

समीक्षा अवधिसम्म कम्पनीको महाविपत्ति कोषमा २७ करोड ९४ लाख रुपैयाँ, रिटेन्ड अर्निङमा ५८ करोड ७० लाख रुपैयाँ र अन्य इक्विटीमा ३५ करोड ८६ लाख रुपैयाँ रहेको छ। अघिल्लो वर्ष असारसम्म महाविपत्ति कोषमा २६ करोड ९४ लाख रुपैयाँ, रिटेन्ड अर्निङमा ४९ करोड ८३ लाख र अन्य इक्विटीमा ३६ करोड २६ लाख थियो।

समीक्षा अवधिसम्म कम्पनीले २ अर्ब ५७ करोड ५२ लाख रुपैयाँ कुल बिमाशुल्क आर्जन गरेको छ। अघिल्लो वर्षको सोही अवधिसम्म कम्पनीले २ अर्ब २३ करोड २८ लाख रुपैयाँ कुल बिमाशुल्क आर्जन गरेको थियो। अघिल्लो वर्षको तुलनामा समीक्षा वर्षमा कम्पनीको कुल बिमाशुल्क आर्जन १५ दशमलव ३३ प्रतिशतले बढेको छ।

चालू वर्षको असोजसम्म कम्पनीको जीवन बिमा कोषमा २९ अर्ब १६ करोड २७ लाख रुपैयाँ रहेको छ। अघिल्लो वर्ष यही अवधिसम्म जीवन बीमा कोषमा २१ अर्ब ५९ करोड १० लाख रुपैयाँ थियो। अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिमा कम्पनीको जीवन बिमा कोषको आकार ३५ प्रतिशतले बढेको छ।

सम्बन्धित समाचार