काठमाडौं, जेठ १३ । नेपाल पुनर्बीमा कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुरेन्द्र थापा नियुक्त भएका छन्।
शनिबार बसेको कम्पनी सञ्चालक समितिको बैठकले थापालाई उक्त पदमा नियुक्त गर्ने निर्णय गरेको हो ।
प्रमुख कार्यकारी अधिकृत छनौट तथा सिफारिस समितिले सीईओका लागि सर्टलिस्टमा परेका पाँच जना उम्मेदवारको जेठ ११ गते कार्ययोजना प्रस्तुतीकरण र अन्तरवार्ता लिएको थियो ।
कार्ययोजना प्रस्तुतीकरण र अन्तरवार्ताबाट उनी सीईओमा छनौट भएका हुन्। उनको कार्यकाल चार वर्षको हुनेछ ।उनको नियुक्ति नेपाल बीमा प्राधिकरणबाट स्वीकृत हुन भने बाँकी छ। यसअघि कम्पनीको सीईओका लागि सर्टलिष्टमा दामोदर भण्डारी, नारायण कुमार भट्टराई, बुद्धकाजी श्रेष्ठ, श्रीमान कार्की छनौट भएका थिए ।
नवनियुक्त सीईओ सुरेन्द्र थापा साबिक राष्ट्रिय बीमा संस्थानका पूर्वसहायक प्रशासक र अजोड इन्स्योरेन्सको पूर्वडीसीओ हुन्।
निवर्तमान सीईओ शंकर रायमाझीको कार्यकाल सकिएपछि रिक्त रहेको पदमा सञ्चालक समितिले उनलाई नियुक्त गर्ने निर्णय गरेको हो । थापा नेप्लिज मार्केटिङ एशोसिएशनका सञ्चालक समिति सदस्य पनि हुन् ।a
