Logo

Sep 09 2026 | २०८३, भदौ २४गते

images

एनआईसी एशिया बैंकको ५० हजार कित्ता संस्थापक शेयर बिक्रीमा

एनआईसी एशिया बैंकको ५० हजार कित्ता संस्थापक शेयर बिक्रीमा

अर्थ प्लस
एनआईसी एशिया बैंकको ५० हजार कित्ता संस्थापक शेयर बिक्रीमा

काठमाडौं, जेठ १३ । एनआई सी एशिया बैंकले ५० हजार कित्ता संस्थापक शेयर बिक्री गर्ने भएको छ ।

कम्पनीले विद्यमान संस्थापक शेयरधनीहरूले मात्र खरिद गर्न पाउने गरी उक्त परिमाणको शेयर बिक्रीमा ल्याएको हो ।

इच्छुक विद्यमान संस्थापक शेयरधनीहरूले जेठ २० गतेसम्म एनआई सी एशिया क्यापिटल लिमिटेड, ट्रेड टावर थापाथली, काठमाडौंमा बोलपत्र आवेदन पेश गर्न सक्नेछन् ।

साथै, यसका कर्पोरेट शाखा कार्यालयहरु क्रमशः बिराटनगर, मोरङ्ग, आदर्शनगर, वीरगंज, महेन्द्रपुल, पोखरा , श्रवणपथ बुटवल, हस्पिटल लाइन, धनगढी र विरेन्द्रनगर, सुर्खेतबाट पनि बोलपत्र आवेदन फारम बुझाउन सकिन्छ । 

तोकिएको अवधिभित्र विद्यमान संस्थापक शेयरधनीहरूबाट आवेदन प्राप्त नभएमा अन्य व्यक्ति तथा संस्थामा यी शेयर बिक्री गरिने कम्पनीले बताएको छ ।सिटिजन इन्भेष्टमेन्ट ट्रष्टको नाममा रहेको उक्त शेयर कम्पनीले बिक्री गर्न लागेको हो।

सम्बन्धित समाचार