Logo

Sep 10 2026 | २०८३, भदौ २५गते

images

३७ लघुवित्तले १ अर्ब १५ करोड रुपैयाँ कर छलि, ब्याजसहित असुल गर्न महालेखाको निर्देशन

३७ लघुवित्तले १ अर्ब १५ करोड रुपैयाँ कर छलि, ब्याजसहित असुल गर्न महालेखाको निर्देशन

अर्थ प्लस
३७ लघुवित्तले १ अर्ब १५ करोड रुपैयाँ कर छलि, ब्याजसहित असुल गर्न महालेखाको निर्देशन

काठमाडौं, जेठ १३ । ३७ वटा लघुवित्तहरुले १ अर्ब रुपैयाँ कर छलि गरेको महालेखा परिक्षक कार्यालयले निष्कर्ष निकालेको छ । आइतबार ६१औं प्रतिवेदन सार्वजनिक गर्दै महालेखाले ३७ लघुवित्तले १ अर्ब १५ करोड १६ लाख रुपैयाँ कर छलि गरेको जनाएको हो ।

कर छलि गर्ने लघुवित्तहरुलाई सोमा लाग्ने ब्याज तथा शुल्कसमेत छानबिन गरी असुल गर्न निर्देशन दिएको छ । ‘ठुला करदाता कार्यालय र मध्यमस्तरीय करदाता कार्यालय, आन्तरिक राजस्व कार्यालय पोखरा, बागलुङ, दमौली, भरतपुरअन्तर्गतका ३७ लघुवित्त वित्तीय संस्थाले लेखाङ्कनको तरिका परिवर्तन भएपछि ब्याज मुल्तबी खातामा रहेको रकमभन्दा रू.३ अर्ब ८३ करोड ८८ लाख आय विवरणमा न्यून देखाएकोले उक्त रकम आयमा समावेश गरी सोको ३० प्रतिशतले हुने कर रू.१ अर्ब १५ करोड १६ लाख र सोमा लाग्ने ब्याज तथा शुल्कसमेत छानबिन गरी असुल गर्नुपर्दछ’ प्रतिवेदनमा भनेको छ ।

नगदमा आधारित लेखा प्रणालीअनुरूप व्याज आम्दानीको लेखाङ्कन गर्दा बैङ्क तथा वित्तीय संस्थाले पाकेको तर असुल हुन बाँकी ब्याजलाई नेपाल राष्ट्र बैङ्कले तोकेको ढाँचाबमोजिम वासलातको अन्य सम्पत्ति महल अन्तर्गत रही वित्तीय विवरणको अनुसूची ४.१६ मा उल्लेख गरी ब्याज मुल्तबी खातामा लेखाङ्कन गर्ने गरेको प्रतिवेदनले भनेको छ । यस्तो खातामा रहेको रकम प्रोदभावी आधारमा लेखा राख्दा आयकर ऐनको दफा २२(६) को व्यवस्थाबमोजिम आयमा समावेश गर्नुपर्नेमा बैकिङ्ग तथा वित्तीय कारोबार गर्ने केही निकायहरूले ब्याज मुल्तबी खातामा रहेको रकमलाई आयमा समावेश नगरेको तथा कम रकम समावेश गरेको महालेखाले उल्लेख गरीएको छ ।

गत वर्षको प्रतिवेदनमा यस विषयलाई औंल्याइएकोमा यस वर्ष कर परीक्षण गर्दा समेत सम्बोधन नगरेको महालेखाको भनाइ रहेको छ ।

 

सम्बन्धित समाचार