Logo

Sep 10 2026 | २०८३, भदौ २५गते

images

गरिबीको संख्या ९.५ प्रतिशतमा झार्न सरकार असफल, बाधक बन्यो 'कोरोना'

गरिबीको संख्या ९.५ प्रतिशतमा झार्न सरकार असफल, बाधक बन्यो 'कोरोना'

अर्थ प्लस
गरिबीको संख्या ९.५ प्रतिशतमा झार्न सरकार असफल, बाधक बन्यो 'कोरोना'

काठमाडौं, जेठ १३ । सरकारले गरिबीको संख्या घटाउने नीति लिएपनि उल्लेख्य रुपमा त्यसको असर देखिएको छैन ।

१५औँ योजनाको अन्त्यसम्ममा निरेपेक्ष गरिबीको संख्या ९.५ प्रतिशतमा झार्ने लक्ष्य सरकारले लिएको थियो । तर, सो लक्ष्यमा पुग्न सरकार पूर्णरुपमा असफल भएको देखिन्छ । 

हाल निरपेक्ष गरिबीको संख्या २०.२७ प्रतिशत रहेको छ । सरकार आफुले लिएको लक्षको नजिकसम्म पनि पुग्न सकेको छैन । 

सरकारले सार्वजनिक गरेको आर्थिक सर्वेक्षण अनुसार नेपलमा अझै २०.२७ प्रतिशत गरिबीको रेखामुनी  छन् । गाउँमा २४.६६ प्रतिशत र सहरमा १८.३८ प्रतिशत गरिबी रहेको सो सर्वेक्षणले देखाउँछ । 

सरकारले यसरी गरिबीको संख्या घटाउन नसक्नुको मूख्य कारण कोरोना महामारीलाई देखाएको छ । यसका साथै विश्व परिघटनाले आपूर्तिमा परेको असरले पनि गरिबीको दर लक्ष्य अनुसार घटाउन नसकिएको प्रतिवेदनमा उल्लेख छ । 

हाल बहुआयामिक गरिबीको संख्या १७.४ प्रतिशत छ । बहुआयामिक गरिबीको संख्या ११.५ प्रतिशतमा झार्ने सरकारको योजना थियो ।

 

सम्बन्धित समाचार