Logo

Sep 09 2026 | २०८३, भदौ २४गते

images

आई.सि.एफ.सि फाइनान्सको ऋणपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा कुमारी क्यापिटल नियुक्त

आई.सि.एफ.सि फाइनान्सको ऋणपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा कुमारी क्यापिटल नियुक्त

अर्थ प्लस
आई.सि.एफ.सि फाइनान्सको ऋणपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा कुमारी क्यापिटल नियुक्त

काठमाडौं, जेठ १३ । आई.सि.एफ.सि फाइनान्सले ३० करोड रुपैयाँ बराबरको ऋणपत्र “९% आई.सि.एफ.सि.फाइनान्स डिबेञ्चर—२०८८” निष्कासन गर्ने भएको छ । 

कम्पनीले ऋणपत्र निष्कासन तथा बिक्री प्रबन्धकको रूपमा कुमारी क्यापिटललाई नियुक्त गरेको छ । कम्पनीको केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रमका बीच दुई पक्षले समझदारी गरेका हुन् ।

उक्त सम्झौता पत्रमा कम्पनीको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुनिल पन्त र कुमारी क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत पुष्प शर्माले हस्ताक्षर गरेका छन् ।

नेपाल धितोपत्र बोर्ड, कम्पनी रजिष्ट्रारको कार्यालय लगायतका सम्पूर्ण नियामक निकायको स्वीकृति पश्चात् ऋणपत्र निष्कासन गरिने कम्पनीले जनाएको छ ।

उक्त कम्पनीले २१ शाखा, एक एक्स्टेन्सन काउन्टरका साथै २१ वटा एटीएमबाट  सेवा प्रदान गर्दै आएको छ । 

सम्बन्धित समाचार