Logo

Sep 10 2026 | २०८३, भदौ २५गते

images

रसुवागढी हाइड्रोपावर कम्पनीको ६८ लाख ४२ हजार कित्ता शेयर सूचीकृत

रसुवागढी हाइड्रोपावर कम्पनीको ६८ लाख ४२ हजार कित्ता शेयर सूचीकृत

अर्थ प्लस
रसुवागढी हाइड्रोपावर कम्पनीको ६८ लाख ४२ हजार कित्ता शेयर सूचीकृत

काठमाडौं, जेठ १४ । रसुवागढी हाइड्रोपावर कम्पनीको थप शेयर नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सोमबार  सूचीकृत भएको छ ।

कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि निष्कासन गरेको ६८ लाख ४२ हजार १०० कित्ता शेयर सूचीकृत भएको हो । 

कम्पनीले २०७९ असार १३ देखि २०७९ साउन १० गतेसम्म रसुवाको आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि ६८ लाख ४२ हजार १ सय कित्ता साधारण शेयर निष्कासन गरेको थियो । 

बाँडफाँट भएको मितिले ३ वर्षसम्म लकइन रहने कानूनी व्यवस्था छ । कम्पनीको उक्त शेयर आगामी भदौ २८ गतेपछि कारोबारयोग्य हुने कम्पनीले नेप्सेमा पेश गरेको सूचनामा उल्लेख  छ।

सम्बन्धित समाचार