Logo

Sep 09 2026 | २०८३, भदौ २४गते

images

गणतन्त्र दिवसका अवसरमा नेपाल टेलिकमको ‘रिपब्लिक डे अफर’, यस्ता छन् सुविधा

गणतन्त्र दिवसका अवसरमा नेपाल टेलिकमको ‘रिपब्लिक डे अफर’, यस्ता छन् सुविधा

अर्थ प्लस
गणतन्त्र दिवसका अवसरमा नेपाल टेलिकमको ‘रिपब्लिक डे अफर’, यस्ता छन् सुविधा

काठमाडौं, जेठ १४ । गणतन्त्र दिवसको अवसरमा नेपाल टेलिकमले आफ्ना ग्राहकहरुका लागि ‘रिपब्लिक डे अफर’ उपलब्ध गराउने भएको छ । सो अफर आज(जेठ १४ गते) देखि प्रारम्भ भई आगामी जेठ १६ सम्म लागू हुनेछ ।  

यस अफरअन्तर्गत रु. ४९ मा १ दिन चलाउन सकिने १ एमबीपीएस अन लिमिटेड डेटा र नेपाल टेलिकमकै नेटवर्कभित्र कल गर्न सकिने १०० मिनेट अन नेट भ्वाइस सेवा उपलब्ध छ ।  

यसैगरी, डाटा प्याकेज अन्तर्गत रु. १११ मा ५ दिनसम्म चलाउन सकिने ६ जीबी डाटा, रु. १९९ मा ७ दिनसम्म चलाउन सकिने १३ जीबी डाटा, रु. २९९ मा १२ दिनसम्म चलाउन सकिने २० जीबी डाटा र रु. ३९९ मा १५ दिनसम्म चलाउन सकिने ३० जीबी डाटा प्याकेज उपलब्ध हुनेछ । 

यही अफर अन्तर्गत रु. ७८९ मा फेस्टिभ कम्बो प्याक पनि लिन सकिनेछ । प्रिपेड मोबाइल प्रयोगकर्ताका लागि २८ दिन र पोस्टपेड मोबाइल प्रयोगकर्ताका लागि ३० दिनसम्म चलाउन सकिने समयावधि तोकिएको सो प्याकेज अन्तर्गत ३० जीबी डाटा, सबै नेटवर्कमा कल गर्न सकिने ६०० मिनेट अल नेट भ्वाइस सुविधा र २०० अल नेट एसएमएस सुविधा उपलब्ध हुन्छ । पोस्टपेड मोबाइल प्रयोगकर्ताले यो प्याकेज लिएमा मासिक रुपमा बुझाउनु पर्ने रेन्टल चार्जबाटै यो शुल्क काटिने सुविधा उपलब्ध छ ।  

आगामी जेठ १६ गतेसम्म आफ्नो मोबाइलबाट*1415*11# डायल गरी वा ‘नेपाल टेलिकम एप’ प्रयोग गरी यी प्याकेजहरु खरिद गर्न सकिनेछ ।

 

सम्बन्धित समाचार