Logo

Sep 10 2026 | २०८३, भदौ २५गते

images

करिब १९ खर्बको बजेट आज सार्वजनिक हुँदै, नयाँ भन्दा पुराना योजनालाई प्राथमिकता

करिब १९ खर्बको बजेट आज सार्वजनिक हुँदै, नयाँ भन्दा पुराना योजनालाई प्राथमिकता

अर्थ प्लस
करिब १९ खर्बको बजेट आज सार्वजनिक हुँदै, नयाँ भन्दा पुराना योजनालाई प्राथमिकता

काठमाडौं, जेठ १५ । सरकारले आगामी आर्थिक वर्ष २०८१/८२ का लागि मङ्गलबार आयव्ययको अनुमानित विवरण (बजेट) प्रस्तुत गर्दै छ । मङ्गलबार दिउँसो १ बजेका लागि तोकिएको सङ्घीय संसद्को संयुक्त बैठकमा अर्थमन्त्री वर्षमान पुनले आगामी आवका लागि बजेट प्रस्तुत गर्ने कार्यक्रम रहेको छ । प्रत्येक वर्ष जेठ १५ गते नै बजेट सार्वजनिक गर्नुपर्ने संवैधानिक व्यवस्था अनुसार सरकारले मङ्गलबार बजेट प्रस्तुत गर्न लागेको हो ।

अर्थ मन्त्रालय स्रोतका अनुसार सरकारले यस पटक बजेटमार्फत नयाँ कार्यक्रमभन्दा पनि पुराना र क्रमागत आयोजनालाई प्राथमिकता राखेर त्यसको स्रोत सुनिश्चिततामा जोड दिने छ । त्यस्तै सामाजिक सुरक्षाबापत हुने खर्चलाई न्यायिक बनाउने विषय पनि बजेटमा समावेश गर्ने तयारी छ ।

बजेटमार्फत सूचना प्रविधि क्षेत्रको प्रवर्धनका लागि विदेशी लगानी भियाउने, आइटी पार्क निर्माणलाई गति दिने, स्टार्टअपलाई प्रोत्साहन गर्नेलगायतका कार्यक्रम पनि समेटिने मन्त्रालयले जनाएको छ । सम्भव भएसम्म र अनावश्यक चालु खर्च घटाई पुँजी निर्माण हुने योजना र कार्यक्रमलाई बजेटले प्राथमिकतामा राख्ने पनि मन्त्रालय स्रोतले जानकारी दिएको छ ।

आगामी आर्थिक वर्ष आर्थिक गतिविधि विस्तार हुने अनुमानसहित सरकारले १९ खर्ब रुपियाँ हाराहारीको बजेट प्रस्तुत गर्ने तयारी गरेको छ । यस्तै करको दर हेरफेरमा हुने आलोचनालाई कम गर्दै त्यसलाई पारदर्शी बनाउन तीन महले राखेर करको दर हेरफेर हुने कारणसमेत उल्लेख गर्ने अर्थ मन्त्रालयले जनाएको छ ।

साथै निजी क्षेत्रलाई प्रवर्धन गर्न उत्पादन र निर्यातमा सहुलियत तथा अनुदानका कार्यक्रम पनि बजेटमा समावेश हुने जनाइएको छ ।

 

 

सम्बन्धित समाचार