Logo

Sep 10 2026 | २०८३, भदौ २५गते

images

साढे १८ खर्बको बजेट, पुँजीगत भन्दा वित्तीय व्यवस्थामा धेरै विनियोजन

साढे १८ खर्बको बजेट, पुँजीगत भन्दा वित्तीय व्यवस्थामा धेरै विनियोजन

अर्थ प्लस
साढे १८ खर्बको बजेट, पुँजीगत भन्दा वित्तीय व्यवस्थामा धेरै विनियोजन

काठमाडौं, जेठ १५ । सरकारले आगामी आर्थिक वर्ष २०८१र८२ को लागि १८ खर्ब ६० अर्ब ३० करोड रूपैयाँको बजेट ल्याएको छ। दुबै सदनको संयुक्त बैठकमा अर्थमन्त्री वर्षमानले बजेट प्रस्तुत गरेका हुन्।अर्थमन्त्री वर्षमान पुनले ११ खर्ब ४० अर्ब ६६ करोड चालु र ३ खर्ब ५२ अर्ब पुँजीगत खर्चको विनियोजन गरेका छन्। ३ खर्ब ६७ अर्ब वित्तीय व्यवस्थाका लागि विनियोजन गरिएको छ।

यो सँगै नेपालमा पुँजीगतभन्दा वित्तीय व्यवस्थामा धेरै विनियोजन भएको छ। ऋणको साँवा तथा ब्याज भुक्तानीको दायित्व बढ्दै गएपछि सरकारले वित्तीय व्यवस्थामा धेरै विनियोजन गरेको हो।खर्च जुटाउनका लागि सरकारले १२ खर्ब ६० अर्ब उठाउने, ५२ अर्ब वैदेशिक अनुदानबाट व्यवस्था गर्ने अनुमान गरेको छ।

आगामी वर्ष २ खर्ब १७ अर्ब वैदेशिक ऋण परिचालन गर्ने लक्ष्य लिएको सरकारले ३ खर्ब ३० अर्ब आन्तरिक ऋण उठाउने लक्ष्य लिएको छ।

चालु आर्थिक वर्षका लागि भने सरकारले १७ खर्ब ५१ अर्ब रूपैयाँको बजेट ल्याएको थियो। यो वर्षको बजेट भने खर्च हुनसक्ने भन्दै यसअघि नै अनुमान संशोधन भइसकेको छ।

चालु वर्षको बजेट कार्यान्वयनमा गम्भीर धक्का लागेको छ। सरकारले अनुमान गरेकोभन्दा न्यून राजस्व संकलन, कमजोर वैदेशिक ऋण परिचालन भइरहेको छ।

 

 

सम्बन्धित समाचार