Logo

Sep 10 2026 | २०८३, भदौ २५गते

images

सार्वजनिक संस्थानलाई सम्भाव्यताका आधारमा पब्लिक कम्पनीमा रुपान्तरण गरिने

सार्वजनिक संस्थानलाई सम्भाव्यताका आधारमा पब्लिक कम्पनीमा रुपान्तरण गरिने

अर्थ प्लस
सार्वजनिक संस्थानलाई सम्भाव्यताका आधारमा पब्लिक कम्पनीमा रुपान्तरण गरिने

काठमाडौं, जेठ १५ । सरकारले सार्वजनिक संस्थानलाई एकीकृत रुपमा होल्डिङ कम्पनी मार्फत सञ्चालन गर्न कानुनी व्यवस्था गर्ने भएको छ ।

आर्थिक वर्ष २०८१/८२ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री वर्षमान पुनले सार्वजनिक संस्थानलाई सम्भाव्यताका आधारमा पब्लिक लिमिटेडमा रुपान्तरण गरिने उनले बताए ।

हाल ४४ संस्थान मध्ये २० वटामा शतप्रतिशत सरकारको लगानी छ भने २४ वटा संस्थानमा आंशिक सेयर छ ।गत आर्थिक वर्षसम्म ४१ संस्थान सञ्चालनमा छन्। २०७९÷८० मा २६ संस्थानले नाफा कमाउँदा १५ संस्थान घाटामा गएका थिए ।
३३ वटा संस्थान कम्पनी ऐन अनुसार स्थापना भएका हुन भने विशेष ऐन बमोजिम ७ वटा, सञ्चार संस्थान ऐन बमोजिम २, सहकारी ऐन बमोजिम १ र संस्थान ऐन बमोजिम १ वटा संस्थान सञ्चालनमा छन्।

उत्पादन र रोजगारमा योगदान गर्नसक्ने सम्भावना रहेका रुग्ण उद्योग निजी क्षेत्रसँगको साझेदारीमा सञ्चालनमा ल्याइने उनले घोषणा गरे ।निजी क्षेत्रका रुग्ण उद्योगलाई पुर्नस्थापनामा सहजिकरण गरिने पुनले बताए । बन्द अवस्थामा रहेका विराटनगर जुटमिल, हेटौंडा कपडा उद्योग, गोरखकाली रबर उद्योगलाई उद्योगलाई सार्वजनिक निजी साझेदारीमा सञ्चालनमा ल्याइने बजेट मार्फत घोषणा गरिएको छ ।
त्यस्तै, सार्वजनिक संस्थाको सम्पत्ति मौद्रिकीकरण गरिनेछ ।

 

सम्बन्धित समाचार