Logo

Sep 11 2026 | २०८३, भदौ २६गते

images

सहकारीका बचतकर्ताको पैसा तत्काल फिर्ता हुन्छः अर्थमन्त्री पुन

सहकारीका बचतकर्ताको पैसा तत्काल फिर्ता हुन्छः अर्थमन्त्री पुन

अर्थ प्लस
सहकारीका बचतकर्ताको पैसा तत्काल फिर्ता हुन्छः अर्थमन्त्री पुन

काठमाडौं, जेठ १६ । अर्थमन्त्री वर्षमान पुनले सहकारीका बचतकर्ताहरुलाई उनीहरुको रकम फिर्ता हुने प्रतिबद्धता व्यक्त गरेका छन् । अर्थ मन्त्रालयमा बुधबार आयोजित पत्रकार सम्मेलनमा मन्त्री पुनले सहकारी क्षेत्रमा देखिएका सबैखाले समस्या समाधान गर्ने प्रतिबद्धता जनाएका हुन्

उनले अहिले कोही पनि सहकारीका कारण निरुत्साहित हुनु नपर्ने पनि दाबी गरे । कुनै सहकारीमा सञ्चालकले केही गल्ती गरेको छैन भने नडराउनु नपर्ने मन्त्री पुनको थियो । मन्त्री पुनले सहकारीमा संरचनात्मक र नीतिगत सुधार आवश्यक रहेको र त्यो पुरा गर्ने पुनको दाबी छ ।

सहकारीका सञ्चालक, एकाघर परिवारका सदस्यको सम्पत्ति धितो राखेर भए पनि तत्काललाई ५ लाखसम्मको रकम फिर्ता गराउने प्रस्ताव बजेटमा गरिएको बताए । यसैबाट बचतकर्ताको हित हुने उनको विश्वास छ ।

आम सहकारीका बचतकर्ता चिन्तित हुनुनपर्ने उनले बताए । समस्यामा रहेका सहकारीहरूको छानबिन गर्ने र दोषीलाई कारबाहीको दायरामा ल्याइने पनि उनले बताए ।

 

सम्बन्धित समाचार