Logo

Sep 11 2026 | २०८३, भदौ २६गते

images

बजेटले नेपाल आर्थिक सुधारको नयाँ चरणमा प्रवेश गरेको छः प्रधानमन्त्री प्रचण्ड

बजेटले नेपाल आर्थिक सुधारको नयाँ चरणमा प्रवेश गरेको छः प्रधानमन्त्री प्रचण्ड

अर्थ प्लस
बजेटले नेपाल आर्थिक सुधारको नयाँ चरणमा प्रवेश गरेको छः प्रधानमन्त्री प्रचण्ड

काठमाडौं, जेठ १६ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले व्यवस्थामात्रै परिवर्तन नभएर अब जनताको अवस्था परिवर्तनको प्रक्रिया पनि अगाडि बढिसेको बताएका छन् । बुधबार सिन्धुपाल्चोकको चौतारामा चीन सरकारको सहयोगमा चौतारा अस्पतालको नवनिर्मित भवनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

प्रधानमन्त्री प्रचण्डले आगामी वर्षको बजेटले नेपाल आर्थिक सुधारको नयाँ चरणमा प्रवेश गरेको घोषणा गरिसकेको बताए । उनले भने, ‘हिजो सम्मानित सदनमा प्रस्तुत बजेटले नेपाल अब आर्थिक सुधारको नयाँ चरणमा प्रवेश गरेको घोषणा गरिइसकिएको छ । संघीय सरकारले रणनीतिक महत्वको कार्यक्रम अगाडि सारेको छ ।

सहकारी ठगी प्रकरणमा संसदीय समिति बनाउनुपर्ने भन्दै नेपाली कांग्रेसले लामो समयदेखि गर्दै आएको सदन अवरोध आफ्नै विशेष पहलमा समाधान भएको समेत बताए । उनले संसद्को गतिरोध अन्त्य भएसँग नीति कार्यक्रम र बजेटलाई सहज रुपले अगाडि बढाउने वातावरण बनेको बताए ।

 

 

सम्बन्धित समाचार