Logo

Oct 27 2026 | २०८३, कात्तिक ११गते

images

नेपाल पुनर्बीमाको सञ्चालकमा एशियन लाइफका सीईओ निर्विरोध चयन

नेपाल पुनर्बीमाको सञ्चालकमा एशियन लाइफका सीईओ निर्विरोध चयन

अर्थ प्लस
नेपाल पुनर्बीमाको सञ्चालकमा एशियन लाइफका सीईओ निर्विरोध चयन

काठमाडौं, जेठ  १७ । नेपाल पुनर्बीमा कम्पनीको सञ्चालकमा एशियन लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत(सीईओ) दिनेश लाल श्रेष्ठ निर्विरोध चयन भएका छन् । 

बिहीबार सम्पन्न कम्पनीको नवौं वार्षिक साधारणसभाबाट सञ्चाकमा श्रेष्ठ निर्विरोध चयन भएका हुन् ।  कम्पनीमा नेपाल सरकारको बाहेक संस्थापक लगानीकर्ताको तर्फबाट एक जनाका उनी एक्ला उम्मेदवार थिए ।

उनी बाहेक अन्य कसैले पनि उमेद्वारी नदिएपछि निर्वाचन अधिकृतले श्रेष्ठलाई सञ्चालक सदस्यको चयनको घोषणा गरेका थिए । 

नवनियुक्त सञ्चालक श्रेष्ठले एशियन लाइफले लगानी विभिधता गर्ने क्रममा नेपाल पुनर्बीमा कम्पनीमा लगानी बढाउँदै गएको बताए । 

 

सम्बन्धित समाचार