काठमाडौं, जेठ १७ । नेपाल पुनर्बीमा कम्पनीको सञ्चालकमा एशियन लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत(सीईओ) दिनेश लाल श्रेष्ठ निर्विरोध चयन भएका छन् ।
बिहीबार सम्पन्न कम्पनीको नवौं वार्षिक साधारणसभाबाट सञ्चाकमा श्रेष्ठ निर्विरोध चयन भएका हुन् । कम्पनीमा नेपाल सरकारको बाहेक संस्थापक लगानीकर्ताको तर्फबाट एक जनाका उनी एक्ला उम्मेदवार थिए ।
उनी बाहेक अन्य कसैले पनि उमेद्वारी नदिएपछि निर्वाचन अधिकृतले श्रेष्ठलाई सञ्चालक सदस्यको चयनको घोषणा गरेका थिए ।
नवनियुक्त सञ्चालक श्रेष्ठले एशियन लाइफले लगानी विभिधता गर्ने क्रममा नेपाल पुनर्बीमा कम्पनीमा लगानी बढाउँदै गएको बताए ।
