Logo

Sep 11 2026 | २०८३, भदौ २६गते

images

काठमाडौँमा अपराह्न हल्का वर्षा हुने पूर्वानुमान, कुन क्षेत्रको तापक्रम कति छ ?

काठमाडौँमा अपराह्न हल्का वर्षा हुने पूर्वानुमान, कुन क्षेत्रको तापक्रम कति छ ?

अर्थ प्लस
काठमाडौँमा अपराह्न हल्का वर्षा हुने पूर्वानुमान, कुन क्षेत्रको तापक्रम कति छ ?

काठमाडौं, जेठ १८ । काठमाडौँ उपत्यकामा आज अपराह्न मेघगर्जन र चट्याङसहित हल्का वर्षा हुने विभागले बताएको छ । यहाँको अधिकतम  तापक्रम ३१ देखि ३३ डिग्री सेल्सियसका बीच रहने छ । 

त्यस्तै, आज धनगढी र नेपालगञ्जको तापक्रम ४१ देखि ४३ डिग्री सेल्सियस, विरेन्द्रनगरको ३९ देखि ४१ डिग्री सेल्सियस, भैरहवाको ३८ देखि ४० डिग्री सेल्सियस, हेटौडाको ३४ देखि ३६ डिग्री सेल्सियस, ओखलढुङ्गाको २७ देखि ३९ डिग्री सेल्सियस, जनकपुरको ३५ देखि ३७ डिग्री सेल्सियस र विराटनगरको ३२ देखि ३४ डिग्री सेल्सियसका बिच रहने विभागको पूर्वानुमान छ । 

हाल मुलुकमा स्थानीय र पश्चिमी वायुको आंशिक प्रभावसँगै भारतको विहार आसपास रहेको न्यून चापीय प्रणालीको पनि आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

विभागका अनुसार कोशी, मधेस र वाग्मती प्रदेशमा सामान्य बदली रही बाँकी भू–भागमा मौसम  मुख्यतया सफा छ । कोशी प्रदेश एक–दुईस्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा भइरहेको छ ।

आज दिउँसो कोशी, मधेस, वाग्मती र गण्डकी प्रदेशलगायत देशका पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा मौसम सफा रहने विभागको पूर्वानुमान छ ।  

यसैगरी, आज राति कोशी, मधेस, वाग्मती र गण्डकी प्रदेशमा आंशिक देखि साधारणतया बदली रही देशका बाँकी भागमा मौसम  सफा रहने छ । 

आगामी २४ घण्टामा कोशी, मधेस, वाग्मती र गण्डकी प्रदेशका केही स्थान तथा लुम्बिनी प्रदेशका पहाडी भागका एक–दुई स्थानमा मेघगर्ज र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । 

कोशी, वाग्मती र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेकोले ती भेगका सर्वसाधारणलाई सतर्कता अपनाउन विभागले अनुरोध गरेको छ ।  

सम्बन्धित समाचार