Logo

Sep 11 2026 | २०८३, भदौ २६गते

images

ग्लोबल आइएमई बैंकका कर्मचारी सवार बस दुर्घटना, २५ जना घाइते

ग्लोबल आइएमई बैंकका कर्मचारी सवार बस दुर्घटना, २५ जना घाइते

अर्थ प्लस
ग्लोबल आइएमई बैंकका कर्मचारी सवार बस दुर्घटना, २५ जना घाइते

काठमाडौं, जेठ १८ । ग्लोबल आइएमई बैंकका कर्मचारी सवार बस दुर्घटना भएको छ । 

बीपी राजमार्गअन्तर्गत सिन्धुलीको गोलन्जोर गाउँपालिका- ७ तल्लो बारामा बस बिहीबार दुर्घटना भएको छ । दुर्घटनाबाट २५ जना घाइते भएका छन् । 

महोत्तरीको बर्दिवासबाट बीपी राजमार्ग हुँदै काठमाडौंतर्फ जाँदै गरेको बस वाग्मती प्रदेश ०१० प ०१ – १७३२ पर्यटक बस बिहीबार अपराह्न दुर्घटना भएको हो । दुर्घटनामा घाइते भएकालाई स्थानीय शुभजीवन अस्पताल खुर्कोटमा पठाइएको छ । गम्भीर घाइतेलाई धुलिखेल अस्पताल पठाइएको छ । घाइतेहरु सबै खतरामुक्त रहेको प्रहरीले जनाएको छ ।

बसमा २८ जना सवार रहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका डीएसपी अनिलकुमार खड्काले जानकारी दिए । उनका अनुसार ती कर्मचारीहरु बर्दिवासमा तालिममा सहभागी भएर फर्किंदै थिए ।

घटनास्थलमा प्रहरी, स्थानीयलगायतले उद्धार गरेका थिए । बस सडकबाट ३० मिटर खसेर स्थानीयको घर पछाडि उत्तानो परेको छ ।

सम्बन्धित समाचार