Logo

Sep 11 2026 | २०८३, भदौ २६गते

images

सडक निर्माणमा अनियमितता गरेको भन्दै गाउँपालिकाका अधिकृतसहित ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

सडक निर्माणमा अनियमितता गरेको भन्दै गाउँपालिकाका अधिकृतसहित ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

अर्थ प्लस
सडक निर्माणमा अनियमितता गरेको भन्दै गाउँपालिकाका अधिकृतसहित ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं, जेठ १८ । मुगुको सोरु गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत वीरेन्द्र मल्ल, इन्जिनियर प्रकाश आचार्य, वडाध्यक्ष राजेन्द्र बुमीसहित आठ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।

अख्तियारले मल्ल, आचार्य, बुमीसहित गाउँपालिकाका असिस्टेन्ट सब–इन्जिनियर विक्रम बुढा, सडक निर्माण श्रम समितिका अध्यक्ष हस्तबहादुर बुमी, कोषाध्यक्ष धौली कामी, सचिव केवल बुढा र गाउँपालिकाका कार्यपालिका सदस्य एवम् अनुगमन समिति संयोजक दलवीर कार्कीविरुद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

उनीहरूले सोरु गाउँपालिका–७ मा दाक्च–ख्याल्च सडक निर्माण आयोजनामा भएको भन्दा बढी काम देखाएर अनियमितता गरेको अख्तियारका सहायक प्रवक्ता देवीप्रसाद थपलियाले जानकारी दिए । सडक निर्माण आयोजनाअन्तर्गत एक सय १८ दशमलव ९८ घनमिटर पर्खाल गाउने काम भएकोमा उनीहरूले प्रतिवेदनमा तीन सय ४८ दशमलव ४३ घनमिटर पर्खाल लगाएको भनी १३ लाख ७२ हजार तीन सय ४० रुपैयाँ ४५ पैसा बढी भुक्तानी दिएको विज्ञप्तिमा उल्लेख छ ।

 

 

सम्बन्धित समाचार