Logo

Oct 27 2026 | २०८३, कात्तिक ११गते

images

मुक्तिनाथ विकास बैंकका ग्राहकहरुलाई स्काइवाक टावरमा विशेष छूट

मुक्तिनाथ विकास बैंकका ग्राहकहरुलाई स्काइवाक टावरमा विशेष छूट

अर्थ प्लस
मुक्तिनाथ विकास बैंकका ग्राहकहरुलाई स्काइवाक टावरमा विशेष छूट

काठमाडौँ, जेठ २० । मुक्तिनाथ विकास बैंकले ग्राहकहरुलाई थप सेवा दिन वन्डर्स नेपाल प्रालिसँग काठमाडौंकोे कमलादीमा रहेको स्काइवाक टावरकोे टिकट खरिदमा छूट प्रदान गर्नका लागि व्यवसायिक सम्झौता गरेको छ । 

उक्त सम्झौता पश्चात कम्पनीका ग्राहकहरुले स्काइवाक टावरको टिकट खरिद गर्दा १५ देखि २० प्रतिशतसम्म छूट  प्राप्त गर्न सक्नेछन् । 

छूट सुविधा प्राप्त गर्नका लागि कम्पनीका ग्राहकहरुले बैंकको डेबिट कार्ड वा मोबाइल तथा ईन्टरनेट बैंकिङद्वारा टिकट खरिद गर्न भुक्तानी गर्नु पर्ने छ । 

कम्पनीले डिजिटल कारोबारलार्ई प्रोत्साहन गर्न एटीएमी कार्ड प्रयोग गरी नेपालभरी रहेको भिसा नेटवर्कमा आवद्ध अन्य जुन सुकै बैंकको एटीएम मेसिनबाट नि : शुल्क रकम झिक्न सक्ने व्यवस्था गरेको छ । 

त्यसैगरी, कम्पनीले प्रिपेड डलर कार्ड, मोबाईल बैंकिङ, क्यूआर कोड, अनलाईन कर्जा आवेदन, अनलाईन खाता खोल्ने, ईन्टरनेट बैंकिङ, खाता मै रेमिट्यान्स जम्मा तथा मिस्डकल बैंकिङ आदि जस्ता सेवाहरु बैंकको शाखामा भौतिक रुपमा उपस्थित नभई घरबाटै उपयोग गर्न सकिने व्यवस्था गरेको बताएको छ ।a

सम्बन्धित समाचार