Logo

Sep 11 2026 | २०८३, भदौ २६गते

images

राज्यले बगि रहेको राजस्वलाई उठाउन सक्नु पर्छः प्रेम आले मगर

राज्यले बगि रहेको राजस्वलाई उठाउन सक्नु पर्छः प्रेम आले मगर

अर्थ प्लस
राज्यले बगि रहेको राजस्वलाई उठाउन सक्नु पर्छः प्रेम आले मगर

काठमाडौँ, जेठ २१ । सांसद तथा एकीकृत समाजवादीका नेता प्रेम आले मगरले बगि रहेको राजस्वलाई सरकारले उठाउन सक्नु पर्ने बताएका छन् । सोमबार प्रतिनिधि सभामा राजश्व र व्ययको वार्षिक अनुमानमाथि छलफलमा सहभागि हुँदै उनले यस्तो बताएका हुन् ।

उनले भने, ‘बक्यौत रकम समेत सरकारले उठाउन सकेको छैन । क्यासिनोहरुले अर्बौ रकम राजस्व दिन बाँकी छ । तर सरकारले उठाउन तिर अग्रसर छैन । राजस्व बगि रहेको राज्यले त्यसलाई निरन्तर गर्नुपर्छ ।’

समग्रमा बजेट सन्तुलित आएको भन्दै आलेले आफ्नो पार्टीको समर्थन रहने बताए । ‘अर्थमन्त्रीले करिब २ घण्टामा बजेट बाचन गर्नु भएको छ । छोटो बजेट आउनु राम्रो हो । यो सन्तुलित रहेको छ’ आलेले भने, ‘अर्थतन्त्र सकुचनमा रहेको बेला बजेट कार्यान्वयन चुनौतिपूर्ण रहेको छ । स्रोत परिचानमा पनि गर्नु सक्नु पर्छ । सरकारले सुशासन कायम गर्नुपर्छ । राजस्व चुवावट निरन्तर गर्न सके राज्यले आफ्नो लक्ष्य पुरा गर्ने सक्छ ।’

बजेट ब्यवस्थापनका लागि ऋण लिने विषय भने कठिनाइ हुने मन्त्री आलले बताए । ‘पुँजीगत खर्चका लागि वित्त ब्यवस्थापन गर्नु पर्छ । ऋण लिने विषयले कठनाइ ल्याउन सक्छ । आन्तरिक ऋणा लिदा निजि क्षेत्रले बैंकबाट लोन लिदा तरलता कम हुन सक्छ । ग्यासलाई प्रतिस्थापन गर्ने ५० प्रतिशत विद्युतीय चुलो दिने काम सम्माजनक छ । डोटीलाई सास्कृतिक सहर बनाउने कुरा राम्रो हो । धनगडी खुटिया दिपायलमा बजेट अपुक हुन्छ थप गर्नुपर्छ’ आलेले भने ।

सम्बन्धित समाचार