Logo

Sep 09 2026 | २०८३, भदौ २४गते

images

राष्ट्र बैंकद्वारा पेवेल नेपाल र सजिलो पेको बैंक खाता रोक्का

राष्ट्र बैंकद्वारा पेवेल नेपाल र सजिलो पेको बैंक खाता रोक्का

अर्थ प्लस
राष्ट्र बैंकद्वारा पेवेल नेपाल र सजिलो पेको बैंक खाता रोक्का

काठमाडौँ, जेठ २१ । नेपाल राष्ट्र बैंकले भुक्तानी सेवा प्रदायक संस्थाहरु पेवेल नेपाल र सजिलो पे मेमेन्ट सर्भिसेजको बैंक खाता रोक्का गरेको छ । सोमबार सूचना निकालेर राष्ट्र बैंकले उक्त २ कम्पनीहरुको सबै बैंक खाता रोक्का गरेको जानकारी दिएको छ ।

हुन्डी, तस्करीलगायत गैरकानुनी कारोबारमा संलग्न भेटिएपछि उनीहरुको खाता रोक्का गरेको राष्ट्र बैंकले जनाएको छ । 

‘यस बैंकबाट अनुमतिपत्रप्राप्त भुक्तानी सेवा प्रदायक संस्थाहरु पेवेल नेपाल प्रालि, अनामनगर, काठमाडौं र सजिलो पे पेमेन्ट सर्भिसेज प्रालि, बालुवाटार, काठमाडौंबाट भैरहेका कारोबारहरु नियामकीय अनुपालनासम्बन्धी छानबिनको क्रममा रहेका छन,’ जारी सूचनामा उल्लेख छ, ‘यसकारण उपर्युक्त संस्थाहरुको बैंक तथा वित्तीय संस्थामा रहेका खाताहरु अर्को निर्णय नभएसम्मका लागि रोक्का गरिएको व्यहोरा सम्बन्धित सबैलाई जानकारी गराइन्छ ।’

राष्ट्र बैंक स्रोतका अनुसार यी संस्थाबाट भएको कारोबार निकै शंकास्पद रहेको, हुन्डी, तस्करीलगायत गैरकानुनी कारोबारमा संलग्न रहेकोलगायत कारण अनुसन्धान पुरा नभएसम्मका लागि बैंक खाता कारोबार रोक्न निर्देशन दिइएको हो ।

‘प्रारम्भिक अनुसन्धानमा ती संस्थाहरुबाट निकै शंकास्पद कारोबारहरु भएको देखिएको जनाइएको छ । एकै व्यक्तिको खाताबाट करोडौं रुपैयाँको कारोबार भएको समेत देखिएको हो।

 

सम्बन्धित समाचार