Logo

Sep 11 2026 | २०८३, भदौ २६गते

images

सामान्य अंकले घट्यो बजार, चार अर्ब ३८ करोडको कारोबार

सामान्य अंकले घट्यो बजार, चार अर्ब ३८ करोडको कारोबार

अर्थ प्लस
सामान्य अंकले घट्यो बजार, चार अर्ब ३८ करोडको कारोबार

काठमाडौँ, जेठ २४ । साताको अन्तिम कारोबारको दिन पनि शेयर बजार ओरालो लागेको छ । पछिल्लो समय शेयर बजारले गति लिन सकेको छैन । लगानीकर्ताको मनोबल कमजोर हुँदा शेयर बजार माथि उठ्न सकेको छैन । प्रायः शेयर बजार एउटै परिसूचकमा घुमि रहेको छ ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १.९३ अकंले घटेर २०७७.७८ बिन्दुमा बन्द भएको छ । आज ३२२ कम्पनीको ८८ लाख १३ हजार ३७४ कित्ता शेयर किनबेच हुँदा ४ अर्ब ३८ करोड ८२ लाख रुपैयाँको कारोबार भएको छ ।

आज दुई कम्पनीको शेयरमा सकारात्मक सर्किट लागेको छ । आज इमर्जिङ नेपाल र मिड सोलुको शेयरमा सकारात्मक सर्किट लागेको हो ।

बिहिबार आठ उपसूचक राताम्य भएका छन् । आज बैंकिङ समूहको ०.६९ प्रतिशत, विकास बैंक समूहको ०.६० प्रतिशत र फाइनान्स समूहको २.०८ प्रतिशतले शेयर मूल्य घटेको हो ।

share-a-1.jpg

सम्बन्धित समाचार