Logo

Sep 11 2026 | २०८३, भदौ २६गते

images

१०० प्रतिशत हकप्रद निष्कासन गर्ने प्रस्ताव पारित गर्दै युनाईटेड मोदीको साधारण सभाबाट सम्पन्न

१०० प्रतिशत हकप्रद निष्कासन गर्ने प्रस्ताव पारित गर्दै युनाईटेड मोदीको साधारण सभाबाट सम्पन्न

अर्थ प्लस
१०० प्रतिशत हकप्रद निष्कासन गर्ने प्रस्ताव पारित गर्दै युनाईटेड मोदीको साधारण सभाबाट सम्पन्न

काठमाडौँ, जेठ २७ । युनाईटेड मोदी हाइड्रोपावर लिमिटेडको १० औँ बार्षिक साधारणसभा आज अर्थात जेठ २७ गते कालिमाटी ब्याङ्क्वेट काठमाडौँमा सम्पन्न भएको छ ।

सभाले १ः१ अनुपातमा हकप्रद सेयर जारी तथा निष्काशन गर्ने प्रस्ताव पारित गरेको छ । त्यसै गरी साधारणसभाबाट नविन सिलवाल, अविनास पण्डित, सपना गरुङ र सुनिल भक्त श्रेष्ठ संचालक समितिमा निर्वाचित भएका छन् ।

कम्पनीका अध्यक्ष रेणुका पाण्डेको अध्यक्षतामा सम्पन्न साधारणसभाले सञ्चालक समितिको तर्फबाट अध्यक्षले प्रस्तुत वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्नुको साथै लेखापरिक्षकको प्रतिवेदन सहितको आर्थिक वर्ष २०७९/०८० का वासलात, नाफा नोक्सान हिसाब र नगद प्रवाहको विवरण लगायत वित्तिय विवरणहरु उपर छलफल गरी स्वीकृत गर्ने, लेखापरीक्षण समितिको सिफारिस बमोजिम आर्थिक वर्ष २०८०।०८१ को लेखापरीक्षण कार्यको लागि लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने र अन्य लगानीयोग्य क्षेत्र पहिचान गरी लगानी गर्नु परेमा सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पारित गरेको छ ।

त्यसै गरी सभाले कम्पनीको सेयर लगानी रहेको युनाइटेड मेवा खोला हाइड्रोपावर प्राइभेट लिमिटेडद्वारा प्रबद्र्घित मेवा खोला जलविद्युत आयोजना (५) मे. वा (आयोजना) मा लगानी गर्नका लागि विद्युत नियमन आयोगद्वारा मिति २०८०।१०।२२ मा दिएको सहमति बमोजिम कम्पनीको हाल कायम चुक्ता पुँजीको १ करोड २३ लाख ५ हजार कित्ता सेयर बराबर सेयरका दरले १ः१ अनुपातमा हकप्रद शेयर जारी तथा निष्काशन गर्ने प्रस्ताव पारित गरेको छ ।

 

सम्बन्धित समाचार