Logo

Sep 11 2026 | २०८३, भदौ २६गते

images

बढ्यो शेयर बजार, साढे पाँच अर्बको कारोबार हुँदा हाइड्रोपावर सेक्टरमा रौनक

बढ्यो शेयर बजार, साढे पाँच अर्बको कारोबार हुँदा हाइड्रोपावर सेक्टरमा रौनक

अर्थ प्लस
बढ्यो शेयर बजार, साढे पाँच अर्बको कारोबार हुँदा हाइड्रोपावर सेक्टरमा रौनक

काठमाडौँ, जेठ २८ । पुँजी बजारको तीन दिनको ओरालो यात्रामा ब्रेक लागेको छ । सोमबार बजार एकल अकंले बढेको हो । शेयर बजारमा आएको हरियालीले लगानीकर्तामा उत्साहको माहोल सिर्जना भएको छ ।

शेयर बजार अपेक्षा अनुसार माथि उठ्न नसकेपनि कारोबार भने निरन्तर बढ्दो क्रममा रहेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ८.९० अकंले बढेर २०८२.०९ बिन्दुमा बन्द भएको हो । सोमबार ३१४ कम्पनीको १ करोड १६ लाख ३४ हजार कित्ता शेयर किनबेच हुँदा ५ अर्ब ४९ करोड ६ लाख रुपैयाँको कारोबार भएको छ ।

यसदिन तीन कम्पनीको शेयरमा सकारात्मक सर्किट लागेको छ । सोमबार कुथेली बुखेरी स्मल, त्रिशुली जलविद्युत र पिपुल्स पावरको शेयरमा सकारात्मक सर्किट लागेको हो ।

आज हाइड्रोपावर सेक्टरमा लगानीकर्ताको आकर्षण देखिएको छ । हाइड्रोपावर समूहको शेउर ५०.७४ अकंले बढेर २५७७.८२ बिन्दुमा पुगेको हो । साथै, सात उपसूचकको शेयरमा हरियाली आएको हो ।

share-aaaa.jpg

 

 

 

सम्बन्धित समाचार