Logo

Sep 11 2026 | २०८३, भदौ २६गते

images

हिमालयन रिको लक इन अवधि असार १० गते सकिने

हिमालयन रिको लक इन अवधि असार १० गते सकिने

अर्थ प्लस
हिमालयन रिको लक इन अवधि असार १० गते सकिने

काठमाडौँ, जेठ  २९ । हिमालयन रिइन्स्योरेन्स लिमिटेडको सामूहिक लगानी कोषहरूलाई बाँडफाँड गरिएको शेयरको लक इन अवधि असार १० गते सकिने भएको छ ।

कम्पनीले गत मंसिर २७ गते देखि पुस २ गतेसम्म निष्काशन तथा बिक्री खुला गरेको साधारण शेयर पुस ११ गते बाँडफाँड गरेको थियो । कम्पनीले जारी पूँजी १० अर्ब रुपैयाँको ३० प्रतिशतले हुन आउने तीन करोड कित्ता साधारण शेयर निष्काशन तथा बिक्री खुला गरेको थियो ।

कम्पनीले सामूहिक लगानी कोषहरूलाई छुट्याएको ५ प्रतिशत अर्थात् १५ लाख कित्ता शेयर लक इनमा रहेको छ । सामूहिक लगानी कोषलाई छुट्याइएको शेयर सर्वसाधारणमा बाँडफाँड भएको मितिले ६ महिनासम्म लक इनमा राख्नुपर्ने प्रावधान रहेको छ ।

 

सम्बन्धित समाचार