Logo

Sep 11 2026 | २०८३, भदौ २६गते

images

पिपुल्स इनर्जीले आइपीओ निष्काशन गर्ने

पिपुल्स इनर्जीले आइपीओ निष्काशन गर्ने

अर्थ प्लस
पिपुल्स इनर्जीले आइपीओ निष्काशन गर्ने

काठमाडौँ, जेठ ३१ । पिपुल्स इनर्जी लिमिटेडले शेयर प्रत्याभूति व्यवस्थापन कार्य गर्न नागरिक लगानी कोष लाई प्रत्याभूतिकर्ता नियुक्त गरेको छ।

कम्पनीले सर्वसाधारणमा जारी गर्न लागेको आईपीओ निष्कासन गर्न कोषलाई प्रत्याभूतिकर्ता नियुक्त गरेको हो। त्यससम्बन्धी सम्झौतापत्रमा कोषका तर्फबाट कार्यकारी निर्देशक पर्वतकुमार कार्की र पिपुल्स इनर्जी लिमिटेडका तर्फबाट कार्यकारी अध्यक्ष कृष्णप्रसाद आचार्यले हस्ताक्षर गरेका हुन्।

कम्पनीले रामेछाप जिल्लाको खिम्ती खोलामा निर्माण गरिरहेको ४८।८ मेगावाटको खिम्ती–२ जलविद्युत आयोजनाको जारी पूँजी ३ अर्ब ३० करोड रुपैयाँमध्ये २० प्रतिशतले हुन आउने ६६ लाख कित्ता साधारण शेयरमध्ये सर्वसाधारण, आयोजना प्रभावित क्षेत्रका बासिन्दा, सामूहिक लगानी कोषका लगानीकर्ता र कम्पनीका कर्मचारीलाई छुट्याइएको छ। प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यको उक्त शेयरको मूल्य ६६ करोड रुपैयाँ छ।

सम्बन्धित समाचार