Logo

Sep 11 2026 | २०८३, भदौ २६गते

images

नागरिक लगानी कोषको लाभांश घोषणा, बोनस र नगद कति ?

नागरिक लगानी कोषको लाभांश घोषणा, बोनस र नगद कति ?

अर्थ प्लस
नागरिक लगानी कोषको लाभांश घोषणा, बोनस र नगद कति ?

काठमाडौँ, जेठ ३२ । नागरिक लगानी कोषले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने बोनस शेयर घोषणा गरेको छ। जेठ ३२ गते बसेको कोषको सञ्चालक समितिको बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो।

कोषले हाल कायम चुक्ता पूँजीको कुल १४.७३६८ प्रतिशतका दरले लाभांश वितरण गर्ने घोषणा गरेको हो। सोमध्ये १४ प्रतिशत बोनस शेयर रहेको छ भने ०.७३६८ प्रतिशत कर प्रयोजनार्थ नगद लाभांश रहेको छ।

नेपाल सरकार, अर्थमन्त्रालयबाट सहमत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो लाभांश वितरण गरिनेछ।

May be an image of text

सम्बन्धित समाचार