Logo

Oct 27 2026 | २०८३, कात्तिक ११गते

images

अपर हेवाखोला हाइड्रोपावरले फेरि बोलायो साधारणसभा

अपर हेवाखोला हाइड्रोपावरले फेरि बोलायो साधारणसभा

अर्थ प्लस
अपर हेवाखोला हाइड्रोपावरले फेरि बोलायो साधारणसभा

काठमाडौं, असार ४ । अपर हेवाखोला हाइड्रोपावर कम्पनी लिमिटेडले १२औं वार्षिक साधारणसभा असार २६ गते गर्ने भएको छ । कम्पनीको असार ३ गते बसेको सञ्चालक समितिको बैठकले गौशाखास्थित तारकेश्वर पार्टी प्यालेशमा बिहान ११ बजे सभा बोलाएको हो । कम्पनीले यसअघि चैत्र १६ गते युनियन हाउस अनामनगरमा सभा बोलाएको थियो तर विशेष कारणवश सभा बस्न नसक्ने भन्दै चैत्र ११ गते अर्काे सूचना प्रकाशित नभएसम्मका लागि सभा स्थगित गरेको थियो । कम्पनीले सोही सभा फेरि बोलाएको हो ।

सभाले आर्थिक वर्ष (आव) २०७९।८० को वार्षिक तथा लेखापरीक्षकको प्रतिवेदन, वासलात, नाफा नोक्सान, नगद प्रवाह लगायतका वित्तीय वित्तीय विवरण छलफल गरी पारित गर्नुका साथै आव २०८०।८१ का लागि लेखापरीक्षक नियुक्ति गरी निजको पारिश्रमिक निर्धारण गर्नेछ ।

उपयुक्त नयाँ जलविद्युत आयोजना वा अन्य कम्पनीद्वारा प्रवर्धित वा निर्माणाधीन जलविद्युत आयोजनामा लगानी गर्ने, सर्वसाधारण समूहबाट एक जना सञ्चालक नियुक्ति गर्ने र स्वतन्त्र सञ्चालकको नियुक्ति अनुमोदन गर्ने विशेष प्रस्ताव पनि पारित गरिनेछ ।

सभा प्रयोजनार्थ कम्पनीले गत फागुन २४ गते एक दिन बुक क्लोज गरिसकेको छ । यसका आधारमा फागुन २३ गतेसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनी मात्रै सभामा उपस्थित हुन पाउनेछन् ।

 

सम्बन्धित समाचार