Logo

Oct 27 2026 | २०८३, कात्तिक ११गते

images

३२ प्रतिशतले घट्यो सीजी ब्रुअरीको आम्दानी, एक वर्षमा ३ अर्बको व्यापार

३२ प्रतिशतले घट्यो सीजी ब्रुअरीको आम्दानी, एक वर्षमा ३ अर्बको व्यापार

अर्थ प्लस
३२ प्रतिशतले घट्यो सीजी ब्रुअरीको आम्दानी, एक वर्षमा ३ अर्बको व्यापार

काठमाडौं, असार ५ । सीजी ब्रुअरी नेपालले एक वर्षको अवधिमा ३ अर्ब रुपैयाँ व्यापार गरेको छ । कम्पनीले सन् २०२३ मा ३ अर्ब ५ करोड १० लाख रुपैयाँको व्यापार गरेको हो । जुन सन् २०२२ को तुलनामा ३२.८१ प्रतिशतले कम हो । कम्पनीले सन् २०२२ मा ४ अर्ब ५४ करोड ४१ लाख रुपैयाँको व्यापार गरेको थियो ।

त्यस्तै, कम्पनीले सन् २०२३ मा ३ अर्ब ९१ करोड ६० लाख रुपैयाँ र सन् २०२० मा २ अर्ब ४४ करोड ६० लाख रुपैयाँको व्यापार गरेको थियो । चौधरी ग्रुपद्वारा सञ्चालित यस कम्पनीले नेपाली बजारमा विभिन्न १० वटा ब्रान्डको बियर उत्पादन गरी बिक्री वितरण गर्दै आएको छ । कम्पनीले स्ट्रङ र प्रिमियम दुबै खालको बियर उत्पादन गर्दै आएको छ । त्यसमध्ये नेपाल आइस र मुस्ताङ प्रिमियम स्ट्रङ ब्रान्डको बियर निकै नै चर्चित छन् ।

कम्पनीले देशभर ३०० डिलर र ५३ हजार बडी रिटेलर रहेका छन्। पहिला सन गोल्ड ब्रुअरी नेपाल प्रा.लि रहेको चौधरी ग्रुपले खरिदसँगै नाम परिवर्तन भएको थियो। कम्पनीमा तीन जनाको स्वामित्व रहेको छ भने चौधरी ग्रुपअन्तर्गत तीनवटा भगिनी युनिट समेत रहेका छन्। यसमा चौधरी ग्रुपअन्तर्गतको सीजी फुड्स नेपाल प्रालिको सबैभन्दा धेरै ३८ प्रतिशत सेयर रहेको छ। सीजी फुड्स चौधरी ग्रुप कर्पको एफएमसीजी युनिटअन्तर्गतको एक डिभिजन हो। निर्वाण कुमार चौधरी कम्पनीका अध्यक्ष रहेका छन्।

 

सम्बन्धित समाचार