Logo

Sep 11 2026 | २०८३, भदौ २६गते

images

१०.४४ अकंले घट्यो पुँजी बजार, फाइनान्सको शेयरमा रौनक, तीन अर्ब ८७ करोडको कारोबार

१०.४४ अकंले घट्यो पुँजी बजार, फाइनान्सको शेयरमा रौनक, तीन अर्ब ८७ करोडको कारोबार

अर्थ प्लस
१०.४४ अकंले घट्यो पुँजी बजार, फाइनान्सको शेयरमा रौनक, तीन अर्ब ८७ करोडको कारोबार

काठमाडौं, असार ६ । साताको अन्तिम कारोबारको दिन शेयर बजार दोहोरो अकंले बढेको छ । बुधबार झिनो सुधार देखिएको बजार आज भने राताम्य भएको हो । लगानीकर्ता पर्ख र हेरको अवस्थामा रहेका छन् । शेयर बजारका लगानीकर्ताको मनोबल कमजोर हुँदै गइरहेको छ । सेबोनको अध्यक्ष नियुक्तिमा भइरहेको अन्यौलले समेत पुँजी बजार प्रभावित भइरहेको छ ।

बैंकको ब्याजदर घट्दो क्रममा भएपनि मार्केटमा सुधार देखिएको छैन । बजार घटेपनि आज कारोबार भने बढेको छ । अब लगानीकर्ता मौद्रिक नीतिको पर्खाइमा रहेका छन् । नियामक निकायले लगानीकर्तालाई प्रोत्साहनको कार्यक्रम ल्याउनु आवश्यक रहेको छ ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १०.४४ अकंले घटेर २०६८.३१ बिन्दुमा बन्द भएको छ । बिहिबार ३०६ कम्पनीको ८६ लाख ६३ हजार ६९९ कित्ता शेयर किनबेच हुँदा ३ अर्ब ८७ करोड ७ लाख ४४ हजार रुपैयाँको शेयर कारोबार भएकोछ ।

बजार राताम्य हुँदा समेत फाइनान्सको शेयरमा लगानीकर्ता झुम्मिएका छन् । आज फाइनान्स समूहको १.८३ प्रतिशत र म्युचुअल फण्ड समूहको ०.१३ प्रतिशतले शेयर मूल्यमा सुधार देखिएको हो । आज अन्य ११ उपसूचक भने राताम्य भएका छन् ।

share-5.jpg

यसदिन माउन्टेन इनर्जीको १७ करोड १४ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

सम्बन्धित समाचार