Logo

Sep 11 2026 | २०८३, भदौ २६गते

images

समता घरेलु र मनकामना स्मार्ट लघुवित्तले असार २४ गतेबाट एकीकृत कारोबार गर्ने

समता घरेलु र मनकामना स्मार्ट लघुवित्तले असार २४ गतेबाट एकीकृत कारोबार गर्ने

अर्थ प्लस
समता घरेलु र मनकामना स्मार्ट लघुवित्तले असार २४ गतेबाट एकीकृत कारोबार गर्ने

काठमाडौं, असार १४ । समता घरेलु र मनाकामना स्मार्ट लघुवित्त आपसमा गाभिएर बनेको समता घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेडले असार २४ गतेबाट एकीकृत कारोबार शुरू गर्ने भएको छ ।

काभ्रेपलाञ्चोकको बनेपा–७ मा केन्द्रीय कार्यालय रहेको समता घरेलु लघुवित्त र रुपन्देहीको सिद्धार्थनगर–५ मा केन्द्रीय कार्यालय रहेको मनकामना स्मार्ट लघुवित्तलाई आपसमा गाभिन गत जेठ २९ गते अन्तिम स्वीकृति दिएको थियो । मर्जरपछि बनेको कम्पनीको केन्द्रीय कार्यालय काभ्रेको बनेपा–७ मा रहनेछ ।

साथै डाटा माइग्रेसनका लागि असार २३ गतेदेखि दुबै कम्पनीले प्रदान गर्दै आएको सम्पूर्ण बैंकिङ्ग कारोबार बन्द रहने कम्पनीले जनाएको छ ।

सम्बन्धित समाचार